महिलाले भरपूर अधिकार र अवसर पाए सबै खालका शक्तिशाली काम गर्न सक्छन् भन्ने प्रमाणित गरेका कैयौँ उदाहरण हामीसामु छन्, अनि इतिहास साक्षी छ । यसै सन्दर्भबीच आज १११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा संसारका शक्तिशाली महिलाहरूको चर्चा सम्झना गर्न मन लाग्यो। विश्वका विभिन्न राष्ट्रले राष्ट्र प्रमुखको रुपमा जिम्मेवारी सम्हाल्ने महिलाहरूलाई पाइसकेको छ । उच्च ओहोदामा धेरै महिलाले सफलता पाएका छन्। कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका मात्र होइन अन्य निकायमा पनि महिलाको उपस्थिति राम्रो हुँदै गएको छ ।
विश्वका विभिन्न देशले महिलालाई राष्ट्रपतिको रुपमा पाएका छन्। विभिन्न तथ्यअनुसार हालसम्म विभिन्न देशबाट रुस, क्यानाडा, संयुक्त राज्य अमेरिका, जापान, दक्षिण कोरिया, इटाली, बेल्जियम, फ्रान्सका गरी ६५ जना महिलाले अन्तरिक्ष यात्रा गरिसकेका छन्। जसमध्ये सबैभन्दा पहिला वेलनटीना तेरेश्को वाले १९६३ जुन ६ मा यात्रा गरेकी बताइन्छ । विद्यादेवी भण्डारी हाम्रै देशमा यतिबेला राष्ट्रपति हुनुहुन्छ, उहाँ देशको मात्र होइन विश्वभरका महिला शक्तिको एक उदाहरण हुनुहुन्छ ।
यस्तै, सुशीला कार्की नेपालकै प्रथम महिला प्रधानन्यायाधीश बन्न सफल हुनुभयो। यस्तै, नेपालको तत्कालीन व्यवस्थापिका संसद्को सभामुख बन्न सफल ओनसरी घर्ती नेपालकै पहिलो महिला सभामुख हुनुभयो। त्यसैगरी सगरमाथा चढ्ने नेपालको प्रथम महिला पासाङ ल्हामु शेर्पा हुनुभयो भने विश्वभर विभिन्न पदमा महिलाहरूपुगिसक्नुभएको छ । राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, स्पीकर, पाइलट, रस्ेलर, उद्यमी आदि शक्तिशाली पद र काममा महिलाले सफलता हासिल गरिसकेकाले सम्पूर्ण नारीलाई अझ अगाडि पढ्न प्रोत्साहन गर्नु आजको आवश्यकता हो। युनाइटेड किंगडममा सेलिब्रेटी एक्टिनी एनी लेनोक्सले लण्डनको आइकनिक पुलहरूमा एक उत्कृष्ट मार्चको नेतृत्व गर्नुभयो जसले विश्वव्यापी परम्परागत, महिला अन्तर्राष्ट्रिय समर्थनको लागि जागरूकता खडा ग¥यो। अक्सफ्याम जस्ता थप संस्थाले आइडब्ल्यूडीलाई समर्थन गर्ने व्यापक गतिविधि चलाएको छ र धेरै से लिब्रेटीहरू र व्यवसायी नेताहरूले पनि सक्रिय रूपमा दिन समर्थन गर्दछ । महिलाले समानता र मुक्तिबारे दुवै महिला र समाजको विचारमा विश्वले महत्वपूर्ण परिवर्तन र मनोवृत्ति बदलाव देखेको छ। युवा पुस्ताका धेरैले महसुस गर्न सक्दछन् कि अधिकांश लडाँहरू महिलाले लड्न सक्छन्, नारीवादीहरूलाई केवल पितृसत्ताको दीर्घायु र जटिल जटिलता मात्र राम्रोसँग थाहा छ । अधिक महिलाको साथ, विधायी अधिकारमा बढी समानता र जीवनका हरेक पक्षमा प्रभावकारी भूमिका खेल्न सक्छ । महिलाबीच ठूलो अशान्ति र आलोचनात्मक बहस भइरहेको बेला महिला उत्पीडन र असमानताले महिलाहरूलाई बढी मुखर र परिवर्तनको अभियानमा सक्रिय हुन प्रोत्साहित गरिरहेको थियो। सायद यसैको दरिलो दिन बन्यो महिला दिवस ।
महिला अधिकार, महिला सशक्तिकरण, महिला आत्मनिर्भर, समानता आदि सवालहरू अन्तर्र्राष्ट्रिय महिला दिवसका विषय बन्ने गरका छन् े । अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्चमा मनाइने गरिन्छ भने यो दिन एक विश्वव्यापी दिन हो जुन महिलाको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक उपलब्धिहरूलाई महत्त् वपूर्ण रुपमा स्मरण गर्दै अझै सशक्त बन्न प्रोत्साहन दिने गर्दछ । युगौँदेखि महिलालाई विभिन्न खाले भेदभाव हुने गरिन्थ्यो श्रम गरेबापत थोररै असमान ज्याला, महिलाले प्राप्त गर्ने, अधिकार र सुविधाबाट बन्चित, अन्धकारमा रहिआएका महिला मानवीय दृष्टिले निन्दित देखिने अनेक प्रकारका सुविधालाई समाजले गलत सोच्ने र सामाजिक मुल्यमान्यता लाई आत्मसात् गर्दै अघि बढ्न नसक्ने जस्ता सामाजिक र राष्ट्रियगत व्यबहारको विरुद्ध महिलाहरू विरोधमा उत्रिन थाले। संयुक्त राज्य अमेरिकाको सोसलिस्ट पार्टीले २८ फेब्रुअरी १९०९ मा सर्वप्रथम नारी दिवसको आयोजना गरेको थियो।
सोशलिस्ट पार्टीले सन् १९०८ को अन्तर्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलन स्मरणमा २८ फेब्रअरी १९०९ को दिन महिला दिवस मनायो। यसपछि यो फेब्रुअरीको अन्तिम आइतबारको दिन मनाइन थालियो। १९१० मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा यसलाई अन्तर्राष्ट्रिय दर्जा प्राप्त भयो। त्यस समय यसको प्रमुख ध्येय महिलाहरूलाई मताअधिकार दिनु थियो, महिलालाई मतदान गर्ने अधिकार उक्त समय कतिपय देशमा थिएन । सन् १९१७ मा रसियाका महिलाले महिला दिवसमा गाँस र कपासको लागि हडतालमा जाने निर्णय गरे। यो हडताल पनि ऐतिहासिक थियो। नारी दिवस सर्वप्रथम् १९०९ फेब्रुअरी २८ मा मनाइएको थियो। भने १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तर्राष्ट्रिय दर्जा प्रदान गरिएको थियो।
नारी दिवस महिला जागरूकतासम्बन्धी दिवस पनि हो। यो ८ मार्चमा विश्वभर मनाइँदै आएको छ । राजनीतिक तवर बाट शुरु भएको हो तापनि हाल महिला अधिकार, महिला सशक्तिकरण, महिला आत्मनिर्भर र समानता आदि सवालहरू अन्तर्राष्ट्रिय महिला दिवसका विषयहरू बनिरहँदा नेपालमा सयौँ नारीहरू कति चपेटामा छन् कति दाइजोका कारण जिउँदै जल्नु परेका छन्, कति घरेलु हिंसामा छन, कतिपय सोसाइटीमा छोरी बुहारी बाँधिएका छन् जसका कारण क्षमता भएर पनि केही गर्न असमर्थ भइरहेका छन्। त्यस्तो अवस्थामाका महिलालाई नारी दिवसले समेट्न सकोस् र समानतामा आउने जागरुकता प्रदान गरोस्।
तपाईको प्रतिक्रिया !!