
श्रीकान्त झा । जनकपुरधाम । धनुषामा रातको समयमा लाउडस्पिकर, डिजे बाजा, साउण्ड सिस्टम तथा हर्न बजाउन नपाईने भएको छ । जिल्लाका लाईट, साउण्ड तथा डिजे व्यवसायीहरूको उपस्थितिमा जिल्ला प्रहरी कार्यालयमा भएको बैठकले जिल्लाभरी नै रातको समयमा डिजे तथा लाउडस्पिकर, साडण्ड सिस्टम, हर्न बजाउन नपाउने निर्णय गरेकोे हो । धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटको अध्यक्षतामा बसेको बैठकले लाउडस्पिकर र डिजे साउण्डले अत्यधिक ध्वनी प्रदुषण भइरहेका कारण त्यसले मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने निष्कर्ष निकाल्दै लागि डिजे तथा लाउडस्पिकर बजाउन रोक लगाउने निर्णय गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । बैठकको निर्णय अनुसार अब देखि राति ९ बजेदेखि विहान ५ बजेसम्म लाउडस्पिकर र डिजे बजाउन पाईने छैन ।
‘राति १० बजेदेखि विहान ५ बजेसम्म लाउड स्पिकर र डिजे बजाउन पूर्णरुपमा बन्द गर्ने निर्णय भएको छ’ जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रानाभाटले भने– ‘अन्य सामाजिक समारोहका समयमा समेत प्रशासनको अनुमति लिई नियन्त्रित रुपमा मात्रै लाउडस्पिकर र डिजे बजाउन पाईनेछ ।’ निर्णय नमान्नेलाई कानून बमोजिम कारबाही गर्ने गराउने समेत निर्णय भएको समेत प्रहरी उपरीक्षक रानाभाटले बताए । ‘निर्णय पालना नगरेको पाइए कानून अनुसार कारबाही गर्ने गराउने पनि निर्णय भएको छ’ उनले भने यद्यपी कुनै सांस्कृतिक रुपमा कुनै कार्यक्रम सञ्चालन गर्दा प्रशासनको स्वीकृति लिउनुपर्ने र सो बारे स्थानीय प्रशासनलाई जानकारी गराउनुपर्ने छ । त्यसरी अनुमति लिएर बजाउँदा समेत छरछिमेकीलाई असर नहुने गरि सानो साउण्डमा बजाउने र छरछिमेकबाट गुनासो आएमा तत्काल बन्द गर्नुपर्ने निर्णय भएको छ ।
त्यस्तै (हर्न)र डिजे वाजा वजाउदाँ अश्लिल गीत, द्विअर्थी लाग्ने गीतहरू नबजाउने, साथै कहि–कतै कुनै पनि बहानामा आर्केष्ट्रा, नाचहरू समेत नगर्ने नगराउने बैठकले निर्णय गरको े समेत प्रहरी उपरीक्षक रानाभाटले बताएका छन्।
तपाईको प्रतिक्रिया !!