काठमाडौं : माध्यमिक शिक्षा परीक्षा ‘एसईई’ आगामी जेठ १३ गतेदेखि शुरु हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको बैठकले २०७७ सालको एसईई आउँदो जेठ १३ गतेदेखि २४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।
गत माघमा मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा पुनः बोर्डले नै लिने निर्णय गरेपछि बोर्डले नयाँ परीक्षाको मिति तय गरेको हो ।
गत वर्ष भने कोरोना माहामारीका कारण विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण गरी एसईईको नतिजा सार्वजनिक गरिएको थियो।
सरकारले १२ कक्षा सम्मलाई विद्यालय शिक्षा मानेपनि १० कक्षाको परीक्षालाई केन्द्रीय बोर्डबाट नै सञ्चालन गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया !!