Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

बर्दिवासमा भूमाफियाको जगजगी


बर्दिवासमा भूमाफियाको जगजगी

गोपालप्रसाद बराल, महोत्तरी : महोत्तरीको बर्दिवास नगर क्षेत्रमा सरकारले सुकुम्बासी र अव्यवस्थित बसोबासी जग्गा व्यवस्थित गर्न थालेसँगै भूमाफियाहरुको जगजगी बढेको छ । सरकारले बर्दिवास नगरपालिकासँगको सहकार्यमा वर्षौँदेखि पर्ति र ऐलानी जग्गामा घर बनाएर बसेका सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन गरेर जग्गाधनी प्रमाणपुर्जा दिने तयारी थालेसँगै यहाँ भूमाफियाको जगजगी ह्वात्तै बढेको हो ।

नगरका वडा बस्तीमा सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन थालिएसँगै भूमाफियाले नदीउकास, पर्ति, ऐलानी र वन क्षेत्रका जग्गामा समेत साँध सीमा लगाएर जग्गा कब्जा गर्दैछन् । यसरी कब्जा गर्ने क्रम नदीउकास जग्गा र वन क्षेत्रमा बढी देखिएको बर्दिवास–१ का सामाजिक, राजनीतिक कार्यकर्ता शङ्कर फुँयाल बताउनुहुन्छ ।

“हेर्नोस् न, रातु पुलदेखि दक्षिण–पश्चिमको नदीउकास जग्गामा साँध सीमाका पिलर ९खाँबा० ठडिएका छन्, नेवारडाँडा, कामीडाँडा वन क्षेत्रको जग्गामा धमाधम घर ठडिने क्रम बढेको छ”, फुँयालले भन्नुभयो, “सरकारले सुकुम्बासी र वर्र्षौँैदेखि भोगचलन गर्दै आएका गरिबलाई व्यवस्थित गरिने भन्दै लगत सङ्कलनको काम थालेसँगै अतिक्रमण ह्वात्तै बढेको छ ।” नगरपालिका र सरकारले गठन गरेको भूमि समस्या समाधान आयोगले भूमाफियाको चलखेल रोक्न केही गर्दैछ भन्ने नदेखिएको फुँयालको थप गुनासो छ ।

“अन्तको कुरा छाड्नोस् न, बर्दिवास–१ र ३ मा पर्ने नेवारडाँडा कामीडाँडा वन क्षेत्रकै अतिक्रमित १६ बिघे कित्ताभित्र हेर्नोस, पार्टीका ठूलाबडा नेता, उपल्लो तहका हाकिम र ठाटबाँट देखाउने व्यापारीले कब्जा गरेर मोटो रकम लिँदै सोझासाझालाई फसाउँदैछन्”, फुँयालले भन्नुभयो, “वन क्षेत्र अतिक्रमण गर्न गराउन वनसम्बद्ध अधिकारी, पूर्वहाकिम र राजनीतिक दलका ठूलाबडा नै छन् ।”

जम्मा १४ वडामा विभाजित बर्दिवास नगरपालिका जिल्लाको मुख्य वन क्षेत्र ओगट्ने नगर भए पनि वन क्षेत्रको सुरक्षामा नगर नेतृत्वको चासो नदेखिएको यहाँका सर्वसाधारणसमेत टिप्पणी गर्छन् । “जिल्लामा ७० जति सामुदायिक वन क्षेत्र, धार्मिक वन क्षेत्र र सागरनाथ वन विकास परियोजनाका प्लट अतिक्रमित भएका छन्”, बर्दिवास–२ का बासिन्दा स्थानीय सामाजिक, राजनीतिक कार्यकर्ता देवनारायण महतो भन्नुहुन्छ, “तर वनसम्बद्ध कार्यालय होउन् कि स्थानीय तहको नेतृत्व होस्, कानमा तेल हालेर बसेको देखिन्छ ।” जिल्लामा सामुदायिक, साझेदारी, धार्मिक र सागरनाथ वन विकास परियोेजनाको समेत गरी करिब २४ हजार हेक्टर क्षेत्रफलको वन क्षेत्र अहिले अतिक्रमणको चपेटाले १६ हजार हेक्टरभन्दा तल खुम्चिएको महतो बताउनुहुन्छ ।

जिल्लामा बर्दिवास र गौशाला नगरपालिका पूर्वपश्चिम राजमार्गसँग जोडिएको क्षेत्रको दायाँबायाँ मुख्य वन क्षेत्र छ । चुरेडाँडासम्मको वन क्षेत्रका जग्गा अतिक्रमणको चपेटामा परेका छन् । यसबाहेक नदीले बहाव छाडेको उकासक्षेत्र भूमाफियाको चपेटामा परेको बर्दिवास–१४ का बासिन्दा ६० वर्षीय हरि दाहालको भनाइ छ ।

बर्दिवास नगर क्षेत्रमा पर्ति, ऐलानी, नदीउकास र वन क्षेत्रको जग्गामा अतिक्रमण बढेको गुनासो बढिरहेबीच बर्दिवास नगर कार्यपालिकाले यस्ता जग्गाको संरक्षणबारे चासो बढाएको जनाएको छ । नगरप्रमुख विदुरकुमार कार्कीले एक महिनाअघि गत माघ २५ गतेको नगर कार्यपालिकाको निर्णयले वन क्षेत्रको सुरक्षाका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने र पर्ति, ऐलानी र नदीउकास जग्गा छुट्याएर सार्वजनिक सरोकारमा उपयोग गरिने गरी नापी गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

“वन क्षेत्रको जग्गा अतिक्रमण भएका सूचना र गुनासा बढेका छन्, वनसम्बद्ध निकायसँगको समन्वयमा तिनको खोजी गरिनेछ”, नगरप्रमुख कार्कीले भन्नुभयो, “जनताले यसअघि घरबास नगरेका र खनजोत नगरेका पर्ति, ऐलानी र नदीउकास जग्गा अब नापी गरिने छ ।” नगर कार्यपालिकाले वडापिच्छे चौहद्दी नै तोकेर यस्ता जग्गामा हुने दक्खल सह्य नहुने र कारवाहीबाट जग्गा खाली गराइने निर्णय गरेको नगरप्रमुख कार्कीको भनाइ छ ।

“नगर क्षेत्रभित्र ५०० बिघाभन्दा बढी यस्ता जग्गा छन्, सबैको वैज्ञानिक लगत अभिलेख बनाएर सरकारी कार्यालय, विद्यालय तथा अन्य सामाजिक सङ्घसंस्थाका कार्यालय बनाउन जग्गा उपलव्ध गराइने नीति बनाइएको छ”, नगरप्रमुख कार्कीले भन्नुभयो, “हामी सुकुम्बासी र अव्यवस्थित बसोबासीको जग्गा स्वामित्व दिन लागिपरेका छौँ तर यो क्रममा भूमाफियाको चलखेल नियन्त्रण गरिनेछ ।”

बर्दिवास अहिले प्रदेश नं २ को विभिन्न प्रशासनिक कार्यालय, सरकारी कार्यालय, शैक्षिक सङ्घसंस्था र स्वास्थ्य सेवाको मुख्य ठाउँ बन्दै गएको छ । यस्ता कार्यका लागि सार्वजनिक जग्गा उपयोगमा ल्याइने नगरप्रमुख कार्कीको भनाइ छ ।

नगरपालिकाले सार्वजनिक जग्गाबारे संरक्षण र उपयोगको चासो बढाएपछि यहाँ अब यस्ता जग्गाको खोजी र संरक्षण हुने आश भने पलाएको छ । नगरपालिकाले संस्थागत निर्णय नै गरेर यसबारे चासो देखाएपछि अब भूमाफियाको चलखेल रोकिने आश पलाएको बर्दिवास–२ का बासिन्दा तारानाथ आचार्यको भनाइ छ ।

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

आज जैविक विविधता दिवस मनाइँदै
Banner News

आज जैविक विविधता दिवस मनाइँदै

जेष्ठ ८, २०८०, ७:०१ AM
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम
Banner News

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

जेष्ठ ८, २०८०, ६:१० AM
प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल
Banner News

प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल

जेष्ठ ७, २०८०, २:४५ PM
प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?
Banner News

प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?

जेष्ठ ७, २०८०, १:१० PM
‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा
Banner News

‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा

जेष्ठ ७, २०८०, १२:३४ PM
नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ
Banner News

नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ

जेष्ठ ७, २०८०, १२:२४ PM
विपन्न,असहाय, बेवारिसे बिरामीकाे निशुल्क उपचार नगर्ने निजी अस्पताललाई कारबाही गर्ने : बालेन
Banner News

विपन्न,असहाय, बेवारिसे बिरामीकाे निशुल्क उपचार नगर्ने निजी अस्पताललाई कारबाही गर्ने : बालेन

जेष्ठ ७, २०८०, ११:५६ AM
ढुंगाले छोपेर चिरान मिलमा लाँदै गरेको काठ बरामद,काठ तस्कर मुकेश साह फरार
Banner News

ढुंगाले छोपेर चिरान मिलमा लाँदै गरेको काठ बरामद,काठ तस्कर मुकेश साह फरार

जेष्ठ ७, २०८०, ११:४८ AM
निजी कार्यको लागि सार्वजनिक बाटो बन्द
Banner News

निजी कार्यको लागि सार्वजनिक बाटो बन्द

फाल्गुन २९, २०७९, ७:०९ AM
मेयर र इन्जिनियर दुवै निलम्बनमा
आर्थिक

मेयर र इन्जिनियर दुवै निलम्बनमा

फाल्गुन १८, २०७९, १०:५२ AM

ताजा समाचार

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

2 weeks ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

2 weeks ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

2 weeks ago
आज जैविक विविधता दिवस मनाइँदै

आज जैविक विविधता दिवस मनाइँदै

2 weeks ago
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

2 weeks ago
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

2 weeks ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर