
जनकपुरधाम । धनुषामा बालिका बलात्कार गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिथिला नगरपालिकाको ढलकेवर घर भएका ६५ वर्षीय कुमार बहादुर मगर रहेका छन्। आइतबार दिउँसो कुखुरा फर्ममा बालिकालाई बलात्कार गरेकोे आरोपमा मगरलाई पक्राउ गरिएको धनुषाका प्रहरीका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।
उजुरीको अधारमा मगरलाई उनको आफ्नै घरबाट पक्राउ गरिएको उनको भनाई छ । सोमबार सार्वजनिक विदा भएको कारण मुद्दा दार्ता नभएको प्रहरी नायव उपरीक्षक मिश्रले बताए । मंगलबार अदालतबाट म्याद थप गरी कारबाही प्रक्रिया अगाडी बढाउने उनले बताए । कुमार बहादुर मगरलाई अहिले इलाका प्रहरी कार्यालय ढल्केबरको हिरासतमा राखिएको छ । उजुरीपछि पीडित बालिकाको प्रादेशिक अस्पताल जनकपुरमा स्वास्थ्य परीक्षण गराएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !!