जनकपुरधाम । दाइजो पीडितको सत्य घटनामा आधारीत मैथिली सिनेमा राज्जा रानीले अन्तर्राष्ट्रिय अबार्ड प्राप्त गरेको छ । भारत, बिहारको मुजफरपुरमा भएको साइनसिने फिल्म फेस्टिभलमा यो फिल्मले अन्तरर्राष्ट्रिय अवार्ड प्राप्त गरेको हो । शिवाय प्रोडक्सनसको आयोजनामा भएको साइनसिने फिल्म फेस्टिभलमा २३ देशबाट २०० सिनेमा दर्ता गराएका थिए । २३ देशहरूबाट दर्ता गराएका २०० सिनेमा मध्ये ८२ वटा सिनेमाहरूले आधिकारीक प्रवेश पाएको थियो। तीन दिनसम्म चलेको फिल्म फेस्टिभलमा ८२ वटा फिल्महरूको स्क्रिनिड. गरिएको थियो।
एन मण्डलको निर्देशनमा आयोजित तीन दिवसिय साइनसिने फिल्म फेस्टिभलको अन्तिम दिन ७ मार्च २०२१ को राति मुजफरपुरमा आयोजित अवार्ड वितरण समारोहमा बलिउड तथा भोजपुरी सिनेमा उधोगकी सफल तथा चर्चित गायीका स्नेह उपाध्यायले राज्जा रानी मैथिली सिनेमाका निर्माता राज कुमार महतोलाई उत्कृष्ट रिजनल फिचर फिल्मको रुपमा र उत्कृष्ट नेगेटिभ कलाकारको लागि सो अन्तरराष्ट्रिय अवार्ड हस्तान्तरण गरिन्। तीन दिवसीय साइनसिने अंतरराष्ट्रीय फिल्म फेस्टिवलको उदघाटन शुक्रवार ५ मार्चको दिन एनएच–५७ स्थित बसन्त पैलेसमा भएको थियो।
तपाईको प्रतिक्रिया !!