
सर्लाही । लामखुट्टे धपाउन बालिएको घुरबाट गोठमा आगो सल्केर सर्लाहीको रामनगर गाउँपालिकामा आगलागी भएको छ । आगोले गोठमा बाँधिएको एउटा गाई समेत जलेर मरेको छ । जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित रामनगर नगरपालिका वडा नम्वर १ खैर्वा स्थित विश्वनाथ झाको गोठमा आइतवार राती पौने १० बजे तिर आगलागी हुँदा गोठसहित १ वटा गाई जलेर मरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
आगलागीबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार आगलागीबाट करिब ए लाख रुपैयाँ बराबरको क्षति भएको छ । उक्त आगलागी स्थानीयको सहयोगमा प्रहरीले राती पौने १२ बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । यसैवीच, प्रहरीले अब हावाहुरीको मौसम सुरु भएकोले भविष्यमा हुन सक्ने आगलागीका घटनाबाट सचेत रहन जिल्लावासीलाई अनुरोध गरेको छ ।
तपाईको प्रतिक्रिया !!