
अजय साह । बारा । १११औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बारामा रक्तदान कार्यक्रम गरिएको छ । कलैया स्थित देवकिलाल धर्मशालामा ब्रहमकुमारी राजयोग सेवा केन्द्र कलैया आयोजना गरेको रक्तदान कार्यक्रममा ४ महिला सहित ३० जनाले रक्तदान गरेका छन् । दिप प्रज्जवलन गरि रक्तदान कार्यक्रमको उदघाटन गर्दै कलैया उपमहानगरपालिका नगरप्रमुख राजेश राय यादवले रक्तदान नै जीवनदान भएकोले रक्तदान गर्न आवश्यक रहेको बताए ।
राजयोग सेवा केन्द्रकी सञ्चालिका मिना दिदिले मानव रक्षाको लागि नभई नहुने भएकोले रक्तदान सबैले गर्नु आवश्यक रहेको बताईन्। बढ्दो सवारी दुर्घटनाका कारण अकालमा धेरै मानिसले ज्यान गुमाएका छन्। दुर्घटनाको अधिकांश केशमा रगत चाहिने भएकोले पनि सवैले रक्तदान गर्नुपर्छ उनले बताईन्। रक्तदान कार्यक्रममा बाराका प्रहरी नायव उपरीक्ष्क्षक गौतम मिश्र, जगबहादुर यादव, समाजसेवी भरत मल्ल, पत्रकार राकेश पाण्डे, वरिष्ठ राजयोग प्रशिक्षक ब्रह्माकुमार राजु घले, सुष्मा बहन, पुर्णिमा बहन, गंगा बहन, लगायतको उपस्थित रहेको थियो।
तपाईको प्रतिक्रिया !!