संजय मिश्रा । रौतहट। रौतहटमा खसीको मासुको मूल्य चर्को भएको उपभोक्ताले गुनासो गरेका छन्। जिल्लाको कटहरिया नगरपालिकाका उपभोक्ताहरू जिल्लामै सबभन्दा बढी मूल्य तिररे खसीको मासु खरिद गर्न बाध्य भएका त्यहाँका उपभोक्ताहरूले गुनासो गरेका छन् । निर्वाचित जनप्रतिनिधिको मौनता र नियमनकारी निकायले अनुगमन नगरेको कारण कटहरियाका सैयौं उपभोक्ता बढी मूल्य तिररे मासु खरिद गर्न बाध्य भएका हुन । कटहरिया बजारका ठेकदार र मासु व्यावसायीको मिलोमतोका कारण उपभोक्ताहरू आर्थिक मारमा परेको गुनासो सुनिएको छ ।
एकजना उपभोक्ता कटहरिया ३ का मनोज कुमार साहका अनुसार गौरमा ९ सय, चन्द्रपुरमा ९ सय, बिजयपुरमा ८ सय बिरगंजमा ९ सय रुपैयाँमा आन्द्राभुँडी नभएको स्वस्छ खसीको मासु सुलभ तरीकाले बिक्री बितरण भईरहेको छ । तर जनप्रतिनिधीको लापरवाही र बजार ठेकदारको मिलोमतोमा कटहरिया बजारमा प्रतीकिलो १ हजारमा आन्द्राभुँडी राखेर ब्यवसायीले खसीको मासु बिक्री गरेर ठगी गरिरहेको उपभोक्ता मनोज साहले गुनासो गरेका छन् । यसरी आन्द्राभुँडी राखेर प्रतिकिलो मासु बेच्दा कटहरिया बजार क्षेत्र वडा ५ का वडा अध्यक्ष सर्फलाल गुप्ता, उपमेयर नुरजहाँ खातुन, मेयर सियाराम कुश्नवाहा लगायतका जनप्रतिनिधी मुक दर्शक बनेको पिडित उपभोक्ताहरूले गुनासो गरेका छन् ।
स्थानीय निर्वाचन पछी गाँउगाँउमा सिंह दरबार आएको छ अर्थात वर्तमान कानून अनुसार नै त्यस्ता ठग व्यापारीलाई कार्बाही गर्न सक्ने जनप्रतिनिधीलाई अधिकार छ । तर निर्वाचित जनप्रतिनिधीहरू बजेटको भागबण्डामै सिमित रहेका कारण जनताको मार्कालाई कसैले सम्बोधन गर्न नसकेको उनीहरूको गुनासो छ । हाल प्रतिकिलो एक हजार रुपैयाँमा खसीको मासु बेचेर उपभोक्ता ठगी गरीरहेका ब्यापारीलाई कार्वाहीको दायरामा नल्याए होलीपर्वका बेला खसीको मासुको भाउ अझै बढ्ने यहाँका उपभोक्ताहरूले अनुमान गरेका छन् ।
तपाईको प्रतिक्रिया !!