
मनोज यादव । सर्लाही । सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिकाको केन्द्र सार्न लागेको भन्दै असन्तुष्ट स्थानियवासीहरू कार्यालयमा तालाबन्दी गरि विगत चार दिनदेखि धर्नामा बसेका छन्। स्थानीयको धर्नाका कारण गाउँपालिकाको कार्यालयबाट सम्पादन हुने सम्पूर्ण कामकाजहरू ठप्प भएको छ भने यसले सेवाग्राही सास्ती भएको छ । गत फागुन २१ गतेदेखि चन्द्रनगर गाउँपालिकाको वडा नम्बर र ७ मा पर्ने नाढीमनतालको छेउमा रहेको गाउँपालिकाको कार्यालय गाउँपालिका अध्यक्ष महेन्द्र महतोले वडा नम्बर २ स्थित बबरगंजमा सार्न खोजेपछि विवाद उत्पन्न भएको थियो ।
गाउँपालिका कार्यालय सार्न खोजेको भन्दै चन्द्रनगरका कामतटोल, खड्का टोल, लोदवाटोल, नाढीमन ताल एरिया लगायतका स्थानीयले गाउँपालिका अध्यक्षको कदमको विरोध गर्दै कार्यालयको मुल गेटमा तालाबन्दी गरेका छन्। उनीहरूले कार्यालयको गेट अगाडी अनिश्चितकालिन रिले धर्ना दिएका छन्। धर्नामा बसेकाहरूले गाउँपालिकाका अध्यक्षले गाउँपालिकाको कार्यालय सार्न निर्णय फिर्ता नगर्दा सम्म आफुहरूको धर्ना नरोकिने बताएका छन्। उनीहरूले आवश्यक पर थप े आन्दोलनका कार्यक्रम समेत गर्ने चेतावनी दिएका छन्।
कार्यालयमा तालाबन्दी गरिएकाले उक्त गाउँपालिकामा कार्यरत कर्मचारीहरू चन्द्रनगर बजारसम्म पुगेर कार्यालय समय बिताइ फर्किने गरेका छन्। आवश्यक कामका लागि गएका सेवाग्राही भने रित्तो हात फर्किन बाध्य भएका छन्। यता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक साहले कार्यालय सार्ने विषयमा छलफलका लागि प्रस्ताव गरिएको बताए । उनले भने, ‘गाउँपालिका वा नगरपालिकाको केन्द्र सार्नु परेमा वा नाम परिवर्तन गर्नु परेमा गाउँसभाको बहुमत सदस्यले छलफल गरी निर्णय गर्नु पर्ने हुन्छ । त्यसरी भएको निर्णय प्रदेश सरकार र संघीय सरकारमा पठाउनु पर्ने प्रावधान रहेको छ ।
संघीय सरकारले सो निर्णयलाई सदर गरी राजपत्रमा सूचना प्रकाशित गर पछि मात्रै े वडा वा गाउँपालिका वा नगरपालिकाको कार्यालय सार्न पाईने व्यवस्था छ, हामीले गाउँसभामा छलफलका कार्यलय सार्ने प्रस्ताव लैजान खोजेका हौं, लगि सकेका छैनौं ।’ उहाँहरूले प्रस्ताव लैजानु अघि नै विरोध गर्न सुरु गर्नु भएको छ । सो विषयमा जनप्रतिनिधीहरू बसेर छलफल गर्नु हुने उनले बताए ।
तपाईको प्रतिक्रिया !!