सूर्य नारायण विक । पर्सा । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणमा कुनै सम्झौता नगर्ने बताएका छन्। पर्साको वीरगञ्जमा लक्ष्मणवा–भिस्वा क्षेत्रको सडक शिलान्यास गर्दै मुख्यमन्त्री राउतले गुणस्तरहीन विकास निर्माण भएको ठहर भएमा काम रोक्न स्थानीयलाई आग्रह गरेका छन् । दीर्घकालिन रुपमा टिकाउ हुने गरी विकास गर्न‘पर्ने हुँदा प्रदेश सरकारको बजेटको उचित सदुपयोग गर्न जनताले जनप्रतिनिधिलाई खबरदारी गर्न‘पर्ने राउतको भनाइ छ ।
उनले प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयअन्र्तगत पूर्वाधार विकास कार्यालय पर्साद्वारा निर्माण हुने ८ सय मिटर कालोपत्रे सडकको शिलान्यास गरेका हुन् । इदगाह, बाइपास, इनर्वा हुँदै बाराको बलिरामपुर जाने सडक निर्माणको जिम्मेवारी सन्तोष ताज जेभिलाई दिइएको छ । वि.स. २०७८ असार १५ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी आइतवार सम्झौता भएको हो। भ्याट र पिएससहित ७९ लाख २० हजार १ सय ४३ रुपैया ७४ पैँसाको लागतमा कालोपत्रे सडक निर्माण हुने छ ।
शिलान्यास कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगी, प्रदेश सभा सदस्य सिँहासन साह कलवार, करिमा बेगम, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य शशीकपुर मिया, जसपा पर्साका अध्यक्ष रामनरेश यादब लगायतको उपस्थिती रहेको मुख्यमन्त्री राउतका स्वकिय सचिव दिपक यादवले बताए । यसैविच आइतवार नै मुख्यमन्त्री राउतले वीरगञ्ज महनगरपालिका वडा न. १६ घुसुकपुरमा संसदिय कोषको २५ लाखको लागतमा बन्ने धर्मशालाको पनि शिलान्यास गरेका छन् ।
तपाईको प्रतिक्रिया !!