
पर्सा । पर्साको वीरगञ्जमा ४५ दिने कम्प्युटर लेखा सम्बन्धी तालिम सुरु भएको छ । वीरगञ्ज महानगरपालिकाको सहयोग तथा यूडीवाइ–सेफ कम्प्युटर एजुकेशनको आयोजनामा कम्प्युटर तालिम सुरु भएको हो। तालिमको एक कार्यक्रमकाबिच वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले उद्घाटन गरेका छन् ।
दलित, आदिवासी, जनजाती, पिछडा वर्गका लक्षित युवायुवतीहरूको लागि सिपमुलक तालिमअन्र्तगत कम्प्युटर लेखा सम्बन्धी तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ । समाजबाट उपेक्षामा परेका समुदायलाई सिपमुलक तालिम दिएर आत्मनिर्भर तथा स्वालम्बी बनाएर उनिहरूलाई आफ्नै खुट्टामा उभिन सघाउ पुग्ने उद्देश्यले तालिमको आयोजना गरिएको नगरप्रमुख सरावगीले बताए । तालिममा सहभागी विभिन्न वडाका २५ जनालाई वंशीधर गुप्ता, अभिजित चौधरीले प्रशिक्षण दिनेछन्।
तपाईको प्रतिक्रिया !!