
सूर्य नारायण विक । पर्सा पर्सा क्षेत्र न. १ का प्रतिनिधि सभा सदस्य सांसद प्रदीप यादवले विकासको लागि नेता भन्दा पनि नागरिक जागरुक हुनुपर्नेमा जोड दिएका छन्। वीरगञ्ज महानगरपालिका १४ बहुअरीमा निर्माण हुन लागेको एक कल्भर्टको शिलान्यास गर्दै सांसद यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि विकास निर्माणका कामहरू अलपत्र पर्छन् कि भन्ने चिन्ता लागेको बेला सर्वाेच्च अदालतको निर्णयले त्यो निराशालाई भत्काई दिएको बताए ।
बहुअरीस्थित स्थानीय मर्लैया खोलामा बन्न लागेको कल्र्भटको शिलान्यास गर्दै जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य समेत रहेका यादवले नागरिकले विकासका लागि सांसदहरूलाई झक्झक्याउनु पर्ने बताए । नागरिक जागरुक नहुँदासम्म विकास निर्माणले तिब्रता नपाउने सांसद यादवको भनाई छ । सांसद यादवको संसदीय कोषको १५ लाखको लागतमा निर्माण हुने सो कल्भर्ट १८ फिट लम्बाई र १५ फिट चौडाईको हुनेछ । नइम अन्सारीको अध्यक्षतामा गठित उपभोक्ता समितिले कल्भर्ट निर्माणको काम थालनी गरेको छ ।
वडा न. १४ का अध्यक्ष भरत प्रसाद कुर्मीको सभापतित्वमा सम्पन्न शिलान्यास कार्यक्रममा प्रदेश सभा सदस्य जन्नत अन्सारी, वडा सदस्य रफिक अन्सारी, जावेद एकल हैदर, महबुबएलाही अन्सारी, दिलसाद अन्सारी कासिम अन्सारी जैहरूदिन अन्सारी, अब्दुसमन अन्सारी, आजाद हुसैन, अब्दुर रउफ अन्सारी लगायतको उपस्थिती रहेको थियो। विगत ३ दशकभन्दा लामो समयदेखी त्यहाँ कल्भर्ट नहुँदा आवतजावतमा समस्या खेपेका स्थानीय कल्र्भट निर्माण हुने भए पछि हर्षित भएका छन् ।
तपाईको प्रतिक्रिया !!