
धर्मेन्द्र पासवान । सिरहा । सिरहामा आर्थिक वर्ष २०७७-७८ मा महिला उद्योगीको संख्या बढेको छ । चालु आर्थिक वर्षको लकडाउन र लकडाउनपछि साउनदेखि माघ महिनासम्म १ हजार ७ सय ९१ नयाँ उद्योग दर्ता भएको हो। नयाँ दर्ता भएका एक हजार १४७ उद्योगमध्ये महिलाको नाममा १ हजार १०१ उद्योग दर्ता रहेको को छ । पुरुषको नाममा भने ६९० उद्योग मात्र दर्ता भएको घरलु तथा साना उद्यो े ग कार्यालय लहान सिरहाले जनाएको छ । कृषि तथा वनजन्यतर्फ पशु, माछा तथा कृषि उद्योग ७३५ वटा, उद्योग दर्ता भएको छ । सेवा उद्योगतर्फ होटल ७७, निर्माणका ७४, ढुवानीका २० वटा उद्योग दर्ता भएको छ । नयाँ उद्योग दर्ता बाट ९० लाख ४३ हजार १ सय ४५ रुपैयाँ राजस्व संकलन गरको े हो। सिरहामा हालसम्म उद्योग तर्फ १२ हजार २ सय ९ उद्योग दर्ता रहेको छ भने बाणिज्य तर्फ हालसम्म १३ हजार ७ सय ३४ रहेको फर्म रहेको छ । विराटनगरमा दर्ता भई आएको बाणिज्य तर्फ ५ सय ३९ रहेको छ । चालु आर्थिक वर्षमा गत आव २०७६-७७ मा दर्ता भएको भन्दा बढी उद्योग दर्ता भएको छ ।
गत आर्थिक वर्ष २०७६-७७ मा कोरोना भाइरसको संक्रमणको बेला लकडाउनका बाबजुत एक हजार १४७ नयाँ उद्योग दर्ता भएको थियो। एक हजार १४७ उद्योगमध्ये सेवा उद्योगतर्फ ५३०, कृषि तथा वन्यजन्यतर्फ ४९० र उत्पादन उद्योगतर्फ १२७ वटा रहेको घरेलु तथा साना उद्योग कार्यालय लहान सिरहाको उद्योग अधिकृत दिपेन्द्र कुमार यादवले बताए । उद्योग अधिकृत यादवले भने, ‘गत आर्थिक वर्षमा कोरोनाले गर्दा कुनै काम गर्न सकिएन सबै बजेट फ्रीज भयो। यसपालि युवाहरूलाई रोजगारमुलक शिक्षा दिने योजना छ ।’ रोजगार मुलक शिक्षा नदिएसम्म समृद्ध समाज नबन्ने अधिकृत यादवले जिकिर गरे। अधिकृत यादवका अनुसार अहिले प्राविधिक शिक्षामा सिटीइभिटीले तीन तह सम्मको प्रमाणपत्र दिदै आएको छ । प्राविधिक शिक्षामा स्नातक – स्नातकोत्तरको पनि पढाइ होस् हाम्रो चाहना छ । पोखरा विश्वविद्यालयसंग कुरा चलिरहेको कुरा अधिकृत यादवले बताए ।
तपाईको प्रतिक्रिया !!