कमलेश ठाकुर । जनकपुरधाम । जनकपुर साहित्य महोत्सव सकिएको छ । शनिबार महत्तवूर्ण दश वटा विषयमा विज्ञहरूले बहस गरे। अन्तिम दिनको पहिलो सत्रमा ‘कसले देला सुशासन’ विषयमा बहस भयो। प्रदेश २ का न्यायधिवक्ता दिपेन्द्र झा, पत्रकार हरि बहादुर थापा, अधिवक्ता मुनि देवी दास, दिपेन्द्र चौहान र प्रस्तोता बीपी साहले सो सत्रमा बृहत बहस गरेका हुन्। न्यायधिवक्ता झाले नागरिक जागरुक भए मात्र देशमा सुशानको प्रत्याभुती हुने तर्क गरे। सुशासन कायम गर्न समय लाग्ने भन्दै नीति अभावका कारण पनि सुशासन कायम गर्न कठिनाइ भइरहेको उनले बताए ।
पत्रकार हरि बहादुर थापाले गाउँ गाउँका सिंहदरबारले सुशासन दिने नागरिकको अपेक्षा रहेको भन्दै गाउँका सिंहदरबारले पूरा गर्न नसकेको जिकिर गरे। शिर्ष स्थानको व्यक्ति कानुनमा रहेर काम गरे सुशासन कायम गर्न ग्राहो नहुने उनले बताए । कानुनको कुरा व्यवहारमा लागु गर्नु पर्ने भन्दै जिम्मेवारी निर्वाह गर्न उनले स्थानीय पदाधिकारीदेखि प्रधानमन्त्रीलाई सुझाए । यस्तै, अर्को सत्र सिनेमाको रङ्ग विषयमा नायिका मनिषा कोइराला, नायक राजेश हमाल र प्रस्तोता अनुप बरालले बहस गरका हुन् े । नायिका कोइरालाले राज्य तथा समाजले कला क्षेत्रलाई सहयोग नगरेका कारण नेपाली फिल्ममा प्रगति नभएको बताइन्। कला, साहित्य तथा खेललाई सहयोग नगर्ने समाज खल्लो हुने गरको े गुनासो गरिन्। विकसित देशहरूले कला, साहित्य तथा खेल क्षेत्रमा गरको े राम्रो कामको उदाहरण देखाउँदै कलाक्षेत्रमा जोड दिन उनले सुझाइन्।
नेपालमा कलाकारहरूले प्लेटफर्मको अभाव रहेको भन्दै प्लेटफर्म अभावमा कलाकारले आफ्नो कला प्रर्दशन गर्न नपाएको उनले गुनासो गरिन्। नायक राजेश हमालले आफूले देशको सम्पूर्ण समूदायको प्रतिनिधित्व हुने गरी चलचित्रहरूमा अभिनय गरेको बताए । ‘म देशको पूर्वदेखि पश्चिम र हिमालदेखि तराईमधेशसम्मका सम्पूर्ण समुदायको प्रतिनिधित्व हुने अभिनय गरेको हुँ । एउटा भाषामा मात्र मैले अभिनय गरेको छु । त्यो नेपाली भाषा हो,’ उनले भने, ‘मैथिली सिनेमामा पनि अभिनय गर्न इच्छुक छु । सौख छ मैथिली फिल्ममा अभिनय गर्ने, अवसर पाए गर्छु ।’ अर्को सत्रमा नेपाली कांग्रेसका नेता प्रदीप गिरील सिता विमर्स शिर्षकमा प्रवचन सुनाए । उनले आफ्ना विचार प्रस्तुत गर्दै आजको सीता बन्न महिलाहरूलाई आग्रह गरे। नेता गिरीले रामायणको पात्र सीता क्रान्तिकारी र स्वभामानी चरित्र रहेको हरेक महिला सिता बन्नु पर्र्ने धारना राखे।
‘सीताको वास्तविक चरित्रलाई लुकाइएका कारण सीता बन्ने कि नबन्ने वहस चलिरहेको छ,’ उनले भने, ‘म त सीता बन्न आग्रह गर्छु तर हिजोको सीता होइन आजको सीता बन्नु पर्छ ।’ तर, २१ औं शताब्दीमा सीता बन्नु सहज नरहेको भन्दै तत्कालीन समयमा सीताले समाज विकासका लागि देखाएको त्याग र तपस्या अनुकरणीय रहेको बताए । ‘रामायणका केही दृश्यलाई मात्रै टेकेर सीता र रामको सम्पूर्ण चरित्रको वर्णन गर्न‘ अन्यायपूर्ण हुन्छ’, उनले भने ‘यहाँ सीताका लाजवन्ती स्वरुपलाई मात्रै किन दर्शाइन्छ, किन उनको क्रान्तिकारी छवि लुकाइन्छ । यो बहसको विषय हो।’ सीताको साहसिक र वास्तविक चरित्र लुकाइएका कारण सम्पूर्ण नारी जगतमा सीता बन्ने कि नबन्ने वहस चलिरहेको गिरीले स्वीकार गरे।
तपाईको प्रतिक्रिया !!