
विनय कर्ण । सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिकाका एक विद्यालय एक महिना भन्दा बढी समय देखि बन्द हुँदा अध्यनरत बालबालिकाहरूको भविष्य अन्यौल बनेको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित जनता अधारभूत विद्यालय बेल्हीमा नयाँ प्रधानाध्यापक आएपछि केही स्थानीय व्यक्तिले तालाबन्दी गर्दा विद्यार्थीहरूको भविष्य अन्यौल बनेको हो । गत माघ ११ मा जनता राप्रावि महुवा टिकुलीयाबाट सरुवा भएर जनता आधारभूत विद्यालय बेल्हीमा प्रधानाध्यापक सुकदेव साह हाजिर भएपछि स्थानीय श्यामदेव यादव, बालो यादव र कृष्णदेव यादव सहितका स्थानीयले सोही दिन विद्यालयमा तालाबन्दी गरेको प्रधानाध्यापक साहले जानकारी दिए ।
उनले विद्यालय ऐलानी जग्गामा रहेको र विद्यालयको नाममा जग्गा दर्ता हुनुपर्ने निहुमा उनीहरूले तालाबन्दी गरेको आरोप लगाए । ‘यो निहु मात्रै हो, वडा कार्यालयले विद्यालयको नाममा जग्गा दर्ताका लागि सिफारिश गरिसकिएको भएपनि ताला खोलिएको छैन्’ उनले भने ‘यो राजनीतिक खिचातानीका कारण भएको हो ।’ विद्यालयमा तालाबन्दी भएपछि सो बारेमा गाउँपालिका, वडा कार्यालय र स्थानिय प्रहरीलाई समेत जानकारी गराउँदा कुनै निकायले गम्भिर भएर ताला खुलाउने प्रयास नगरेको प्रअ साहको भनाई छ । उनले बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गाईतलाई यसबारे जानकारी गराउँदा ‘ताला खुलाउने जिम्मेवारी मेरो हो ।
तपाईको प्रतिक्रिया !!