Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

बस्ती–बस्तीबाट क्रिकेट खेलाडी छनोट गरिँदै


महोत्तरी : महोत्तरीका बस्ती–बस्तीबाट क्रिकेट प्रतियोगिताका लागि सम्भावनायुक्त खेलाडी छनोट गरिँदैछ । क्रिकेटका स्थापित खेलाडी स्व विशाल गुप्ता र कुन्दन सिंहको सम्झनामा जिल्ला क्रिकेट सङ्घ महोत्तरीले आयोजना गर्न लागेको स्व विशाल गुप्ता एवं कुन्दन सिंह मेमोरियल जिल्ला अन्तरपालिकास्तरीय क्रिकेट प्रतियोगिता २०७७ का लागि अहिले बस्ती–बस्तीबाट खेलाडी छनोट प्रक्रिया थालिएको हो ।

जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ वटै स्थानीय तहलाई सहभागी गराइने प्रतियोगिताबाट अन्तर जिल्ला, प्रादेशिक र राष्ट्रिय प्रतियोगिताका लागि उम्दा खेलाडी छनोट हुने जिल्ला क्रिकेट सङ्घ महोत्तरीले अपेक्षा लिएको छ । यसपालि आगामी चैत २२ गतेदेखि शुरु हुने अन्तरपालिकास्तरीय प्रतियोगिताका लागि अहिले सबै पालिकामा खेलाडी छनोटको क्रम थालिएको सङ्घका जिल्ला अध्यक्ष रोशनकुमार सिंहले जानकारी दिनुभयो ।

“जिल्लाका सबै पालिकाको सहभागिता हुने अपेक्षासाथ हामीले प्रतियोगिताको तालिका बनाएका छौँ”, अध्यक्ष सिंहले भन्नुभयो, “यस प्रतियोगिताको माध्यमले भित्री गाउँ÷नगर बस्तीमा ओझेलमा परेका खेलाडी उजागर हुनेछन् ।” सङ्घले चैत २२ देखि शुरु हुने प्रतियोगिताका लागि बिहीबारदेखि नै टिम दर्ता प्रक्रिया शुरु गरेको छ । यो क्रम चैत १० गतेसम्म रहने सङ्घको तालिकामा उल्लेख छ । जिल्लाका सबै पालिकाले सहभागिताको प्रतिबद्धता जनाउँदै टिम दर्ता गर्ने जानकारी प्राप्त भइरहेको अध्यक्ष सिंहको भनाइ छ ।

सङ्घले प्रतियोगितामा रु ३२ लाख खर्च हुने जनाएको छ । “हामीले उत्कृष्ट टिम र खेलाडीका लागि पुरस्कारको व्यवस्था गरेका छौँ”, अध्यक्ष सिंहले भन्नुभयो । प्रतियोगितामा प्रथम हुने टोलीलाई रु एक लाख एक हजार र दोस्रो हुने टोलीलाई रु ५१ हजार तथा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने सङ्घले जनाएको छ । यसैगरी म्यान अफ दि सिरिजलाई रु २० हजार, इमर्जिङ प्लेयरलाई रु १५ हजार, बेस्ट व्याट्सम्यान र बेस्ट बलरलाई रु १०÷१० हजार र म्यान अफ दि म्याच खेलाडीलाई रु दुई हजार ५०० का दरले प्रत्येक खेलमा प्रदान गरिने अध्यक्ष सिंहले जानकारी दिनुभयो ।

जिल्ला सदरमुकाम जलेश्वरस्थित जलेश्वर रङ्गशालामा आयोजना हुने यस प्रतियोगिताको पोशाक वितरण तथा ट्रफी उद्घाटन चैत १५ गते र खेलतालिका पनि सोही दिन कप्तान, टिम प्रशिक्षक, टिम व्यवस्थापक र प्राविधिक समितिको संयुक्त बैठकबाट टुङ्ग्याइने सङ्घले जनाएको छ । प्रतियोगिता ५० ओभरको प्रणालीमा हुने सङ्घले स्पष्ट पारेको छ ।

जिल्लाका बस्ती÷बस्तीमा क्रिकेटबारे बढ्दो चासोको सम्मान सङ्घले गरेको अहिले खेलप्रेमीले टिप्पणी गरेका छन् । जिल्लाभित्रका सबै पालिकाको सहभागिता हुने प्रतियोगिताबाट प्रत्येक टोलीका उत्कृष्ट खेलाडी छनोट गरी जिल्लाको उत्कृष्ट टोली बनाउन यो आयोजनाले सहयोग पुग्ने मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलको विश्वास छ ।

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

राष्ट्रिय महिला फुटबल टिमको प्रमुख प्रशिक्षकमा कुमार थापा नियुक्त
खेलकूद

राष्ट्रिय महिला फुटबल टिमको प्रमुख प्रशिक्षकमा कुमार थापा नियुक्त

साउन ६, २०७९, २:४३ PM
यू-२० फुटबल टिम, उत्कृष्ट नतिजा ल्याउने विश्वास: नेपालले खुला छनोटबाट टिम बनाएको छ ।
खेलकूद

यू-२० फुटबल टिम, उत्कृष्ट नतिजा ल्याउने विश्वास: नेपालले खुला छनोटबाट टिम बनाएको छ ।

असार २८, २०७९, १:४३ PM
विराट कोहली टिममा परेकोमा भारतीय पूर्व कप्तान कपिल देव असन्तुष्ट
अन्तर्राष्ट्रिय

विराट कोहली टिममा परेकोमा भारतीय पूर्व कप्तान कपिल देव असन्तुष्ट

असार २६, २०७९, ५:३२ PM
विम्बलडन फाइनल : दुई भिलेनको भिडन्त,
अन्तर्राष्ट्रिय

विम्बलडन फाइनल : दुई भिलेनको भिडन्त,

असार २६, २०७९, ५:२८ PM
मधेश प्रदेश सरकार को लगानी बालुवामा पानी ,जनता अावास निर्माणमा कमसल  समाग्री प्रयोग
Banner News

मधेश प्रदेश सरकार को लगानी बालुवामा पानी ,जनता अावास निर्माणमा कमसल समाग्री प्रयोग

असार २३, २०७९, ५:४९ PM
लिग टु: क्रिकेट क्यानाडामा अभ्यास , स्कटल्याण्डमा चुनौती
अन्तर्राष्ट्रिय

लिग टु: क्रिकेट क्यानाडामा अभ्यास , स्कटल्याण्डमा चुनौती

असार २३, २०७९, ४:५३ PM
रेणुकालाई भेटेर खेलकुदमन्त्रीले दिऐ आश्वासन– उपचारमा कुनै कमी हुँदैन
खेलकूद

रेणुकालाई भेटेर खेलकुदमन्त्रीले दिऐ आश्वासन– उपचारमा कुनै कमी हुँदैन

असार २३, २०७९, १२:०१ PM
कप्तान रेनुकाले साफ च्याम्पियनसिप फुटबल गुमाउने
खेलकूद

कप्तान रेनुकाले साफ च्याम्पियनसिप फुटबल गुमाउने

असार २१, २०७९, ६:०५ PM
नेपाल सोतोकान कराँते संघद्वारा जनप्रतिनिधिहरू सम्मानीत
खेलकूद

नेपाल सोतोकान कराँते संघद्वारा जनप्रतिनिधिहरू सम्मानीत

असार २०, २०७९, ६:०९ PM
नेदरल्याण्डसको प्रशिक्षणले अरुणामा बढेको आत्मविश्वास
अन्तर्राष्ट्रिय

नेदरल्याण्डसको प्रशिक्षणले अरुणामा बढेको आत्मविश्वास

असार १९, २०७९, १२:०९ PM

ताजा समाचार

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

2 weeks ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

2 weeks ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

2 weeks ago
आज जैविक विविधता दिवस मनाइँदै

आज जैविक विविधता दिवस मनाइँदै

2 weeks ago
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

2 weeks ago
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

2 weeks ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर