संजय मिश्रा । रौतहट । सामाजिक विकृती हटाउने रौतहटको कटहरियामा सर्वपक्षीय निर्णय भएको छ । पछिल्लो समय कटहरिया नगरपालिकामा बढ्दै गएको विभिन्न खाले सामाजिक विकृती हटाउने विषयमा सर्वपक्षीय निर्णय गरिएको हो। ईलाका प्रहरी कार्यालय कटहरियामा सप्पन्न सर्वपक्षीय बैठकले बजारक्षेत्र भित्रको मदिरा पसल दिउँसो ३ बजे खोल्ने र राति ९ बजे बन्द गर्नुपर्ने निर्णय भएको छ ।
त्यसैगरी बिना हेल्मेट मोटरसाइकल नचलाउने, गिट्टी बालुवा ल्याउँदा छोपेर ल्याउने तथा डिजेमा जथाभावी अश्लिल गित बजाउनेलाई कानुनी कार्वाहीको दायरामा ल्याउने लगायतका निर्णय भएको ईलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी नायव निरीक्षक महानन्द कुर्मीले बताए । कटहरिया नगरपालिकाका मेयर सियाराम कुश्वाहाको प्रमुख आतिथ्यमा भएको सर्वपक्षीय भेलामा नेपाली कांग्रेसका क्षेत्रीय सभापति सर्फलाल गुप्ता, नेकपाका योगेन्द्र साह, जसपाका अध्यक्ष दुर्गा साह बनियाँ, जनमत पार्टीका क्षेत्रीय अध्यक्ष रामप्रवेस साह, विभिन्न वडाका वडा अध्यक्षहरू, स्थानीय ब्यापारी तथा संचारकर्मीको समेत सहभागिता रहेको थियो।
तपाईको प्रतिक्रिया !!