
महोत्तरी । महोत्तरीकी प्रदेश सांसद मन्जु कुमारी यादवले गाउँलेलाई छलेर वर्थिङ्ग सेन्टरको शिलान्यास गरे पछि स्थानीयले विरोध जनाएका छन् । प्रदेश २ को सामाजिक विकास कार्यालयले महोत्तरीको भंगाहा ९ मा निर्माण गर्न भनि गाउँपालिकामा पठाएको चिठी कसैलाई जानकारी नै नदिई आफन्तलाई नै उपभोक्ता समितिमा राखि आफ्नै घर छेउमा वर्थिङ्ग सेन्टर शिलान्यास गरी निर्माणको काम सुरु गरे पछि थाहा पाएका स्थानीयले साँसद यादवको विरोध गरेका हुन ।
स्थानीय घुरन यादव भन्छन्, ‘सामाजिक विकास कार्यालयबाट हाम्रो वडामा वर्थिङ्ग सेन्टर बनाउने योजना रहेछ, सोको चिट्ठी साँसदको हातमा परेछ, तर उहाँले नगरपालिका, वडा कार्यालय, गाउँवासी कसैलाई जानकारी नदिई वडावासीलाई पायक नपर्ने स्थानमा वर्थिङ्ग सेन्टर बनाउन लागेको थाहा पाए पछि हामीले रोकेका हौं ।’ उनले एक त वर्थिङ्ग सेन्टर गाउँवासीलाई पायक पर्ने ठाउँमा बनेन, अर्को त उपभोक्ता समितिमा पनि गाउँवासी कसैलाई राखिएको छैन । त्यस्तै जहाँ बर्थिङ्ग सेन्टर बनाउन लागिएको छ, त्यो जग्गा कस्को स्वामित्वमा छ, त्यो पनि थाहा छैन ।
हामीले वडावासीलाई पायक पर्ने ठाउँमा बनाउन आग्रह गर्दा उहाँले मान्नु भएन । उनले भने, म लगायत वडाका बद्री यादव, चण्डेश्वर यादव सहित ४० जना सामाजिक विकास कार्यालयमा डेलिगेसन गयौं, हामीले २५१ जनाको हस्ताक्षर बुझाएका छौं, कार्यालयका हाकिम साप ले काम रोक्ने वचन दिनु भएको छ । स्थानीयले वडाको कञ्चनवनमा वर्थिङ्ग सेन्टर बनाउँदा वडाका सबैलाई पायक पर्ने समेत बताएका छन्। यस विषयमा बुझ्न साँसद यादवलाई फोन सम्पर्क गर्न खोज्दा उनको फोन भने स्वीच अफ थियो। साँसद यादव पूर्व एमालेबाट समानुपातिक कोटाबाट साँसद बनेकी हुन् ।
तपाईको प्रतिक्रिया !!