नारायणप्रसाद अधिकारी । जनकपुर । सामाजिक विकास मन्त्रालय प्रदेश २ का सचिव कृष्णप्रसाद काप्रीले तालिमबाट प्राप्त सीपलाई एकत्रित गररे सोझै सिकारुमाझ प्रयोग तथा प्रदर्शन गरेर सिकाउन माविका विज्ञान शिक्षकहरूलाई निर्देशन दिएका छन्। शिक्षा तालिम केन्द्र, बाराद्वारा याज्ञवल्क्य संस्कृत मावि, ज्ञानकूप जनकपुरमा आयोजित दश दिने टिपिडी प्रमाणीकरण तालिमको समापनका अवसरमा विहीवार काप्रीले शैक्षिक उन्नयनमा विज्ञान र गणित शिक्षकको भूमिका महत्वपूर्ण भएको बताएका हुन्। ‘शैक्षिक परिवर्तनको मुख्य आधार विज्ञान र गणित हो। प्रयोग, खोज, अनुसन्धानको साथै विज्ञान प्रविधिमा सिकाइलाई जोड्ने पनि तपाईहरूले नै हो ,’ उनले भने ‘यसमा रूपान्तरण आवश्यक छ , असल जाँगरिलो शिक्षकलाई जताततै सम्मान छ ।
यी दुई विषय राम्रो भएको विद्यालय स्वतः राम्रो मानिन्छ ।’ संघीय शिक्षा ऐन नआएकोले शिक्षा क्षेत्रमा अन्योलताको साथै स्थानीय तहमा मनोमानी चल्ने गरेको प्रसङ्ग उल्लेख गर्दै कसैलाई दोष दिनुभन्दा पनि असल सिकाइमा आपूmलाई अद्यावधिक गर्दै लैजानु आजको आवश्यकता भएको काप्रीले बताए ।‘ शिक्षकको काम प्रअको चाकडी गर्ने होइन , उनले भने स्वतन्त्र रूपमा पछिल्लो पुस्ताका विज्ञान प्रविधिको सहयोगले सिकाइमा गुणस्तरीयता ल्याउने हो।’ वरिष्ठ प्रशिक्षक सुनिल मल्लिकले तालिमको बारेमा प्रकाश पार्नुको लागि सहभागीलाई निर्देशन समेत दिएका थिए । कार्यक्रममा शिक्षा तथा समन्वय इकाइ धनुषाका निमित्त प्रमुख राजदेव यादव, वरिष्ठ प्रशिक्षक तथा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरका सचिव उमेशलाल कर्ण, तालिम संयोजक भागिरथ झा लगायतको उपस्थिति रहेको थियो। तालिममा धनुषा, महोत्तरी, सर्लाहीका २५ जना माविका विज्ञान शिक्षक सम्मिलित रहेका आयोजकले जनाएको छ ।
ज्ञानकूपमा विज्ञान प्रदर्शनी
धनुषा, महोत्तरी, सर्लाहीका विज्ञान शिक्षक आतुर थिए । सामाजिक विकास मन्त्रालय प्रदेश २ बाट सचिव कृष्णप्रसाद काप्री आउँछन् र आफ्नो मिहिनेत देखाउनेछौं । सिरहा, सप्तरी, धनुषा र महोत्तरीका प्रधानाध्यापकहरूले प्रदर्शनीको अवलोकन गरी विज्ञान सम्बन्धि विभिन्न जिज्ञासा राखे। सकेसम्म विज्ञान शिक्षकले प्रधानाध्यापकहरूको कूतुहलता मेटाउने प्रयास गरे। मोबाइलमा फोटो खिचे। सचिव काप्रीको स्वागत कागजमा स्प्रे छररे स्वागतम देखियो, वैज्ञानिक ढङ्गले गरियो। कुनै खराबी त गर्दैन ? गर्दैन । सचिवको जिज्ञासा मेटाए वैज्ञानिकले। विज्ञानको प्रयोग गर्दा साबधान हुनु आवश्यक हुन्छ, सचिवको कथन थियो। प्रदर्शनीमा हेर्न आउनेले मोवाइलमा फोटो कैद गर्नुको उद्देश्य आफ्ना विद्यार्थी र बालबालिकालाई देखाउने अनि सामाजिक सञ्जालमा पोष्ट गर्ने थियो। ज्ञान यसरी नै बढ्ने हो। शिक्षकहरू तालिमका सहभागी हुन्।
तालिमको विषयवस्तु र त्यसको प्रस्तुतिमा अहिले नयाँपन छ । विज्ञान सम्बन्धि विषयवस्तु बनाएर देखाउनुपर्छ । ‘शिक्षा तालिम केन्द्र बारा, प्रदेश २ ले नयाँ तरीकाले तालिम दिएजस्तैका क्रियाकलाप अब विज्ञान शिक्षकले आफ्नो विद्यालयका प्रत्येक सिकारुलाई सिकाउन सक्नुपर्छ। सिकाइमा यसको प्रयोग हुनुपर्छ’, क्षिरेश्वर नाथ नगरपालिका महेन्द्रनगरका सचिव उमेशलाल कर्ण प्रतिक्रिया दिँदै हुनुहुन्थ्यो। डिम जनता मावि परवानीपुरका विज्ञान शिक्षक सञ्जय झाले डोजर चलाएर देखाए ।
याज्ञवल्क्य संस्कृत माविका पुष्पेन्द्र झा, अशोक सिंहको सहयोगमा जानकी माविकी विज्ञान शिक्षकले कर्णले पानीमा रङ्ग परिवर्तन गरी रासायनिक प्रतिक्रिया देखाए । त्यस्तै हरित ग्याँस निर्माण र ओजोन तह, पर्यावरणीय रक्षाको लागि खेल्ने भूमिकाको विषयले धेरैको मन लोभ्यायो । प्रदर्शनीको अर्को आकर्षण आवाजको आधारमा चल्ने मोबाइल अनअफ, पानी प्रशोधन, चुम्बकीय आभा, ऊर्जाका रक्षा र त्यसको रुपान्तन्तरण, पानीजहाज, दूरबीन, भ्याकुम क्लिनर, पङ्खा, खाली बल्वलाई कन्केभ र कन्भेन्स लेन्समा कसरी प्रयोग गर्ने लगायतका विषय थिए ।
तपाईको प्रतिक्रिया !!