कैलाली : कैलालीको गोदावरी नगरपालिका–५ का ३६ वर्षीय शिवचरण रानाको हत्याका मुख्य अभियुक्तलाई सार्वजनिक गरिएको छ।
जिल्ला प्रहरी कार्यालयले सोही ठाउँकै ३७ वर्षीया जयन्ती चौधरीलाई पक्राउ गरेर बिहीबार सार्वजनिक गरेको हो।
उनकै योजनामा गत फागुन १५ गते बिहान ४ देखि ५ बजेको बीचमा रानाको हत्या भएको प्रहरीको अनुसन्धानपछि खुलेको थियो।
उनको हत्यापछि शव निर्माणाधीन गेंटा मेडिकल कलेजको खाल्डोमा पुरिएको थियो। घटनामा संलग्न दुई जना अझै फरार रहेको प्रहरीले जनाइएको छ।
मृतक र चौधरीबीच पाँच वर्षदेखि प्रेम सम्बन्ध रहेको प्रहरीको भनाइ छ।
तपाईको प्रतिक्रिया !!