जलेश्वर : सातवटै प्रदेशका प्रत्येक जिल्ला समन्वय समिति प्रमुखको शुक्रबारदेखि तीन दिनसम्म महोत्तरीको जलेश्वरमा भेला हुने भएको छ ।
जिल्ला समन्वय समितिको प्रदेशस्तरीय विस्तारित भेलामा देशका प्रत्येक जिल्लाका समन्वय समितिका प्रमुख आउने भएका छन् ।
जिल्ला समन्वय समिति महासङ्घका केन्द्रीय अध्यक्ष सीताकुमारी सुन्दाससहित देशभरिका समन्वय प्रमुख उपस्थित हुने महोत्तरीका अध्यक्ष एवं समन्वय समिति महासङ्घ प्रदेश नं २ का अध्यक्ष रहनुभएका सुरेशप्रसाद सिंहले आज पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो ।
संविधानले जिससलाई प्रदान गरेको अधिकार अहिलेसम्म प्रदेशलाई प्रदान नगरेको कुरालाई लिएर विस्तारित भेला गर्न लागिएको उहाँले बताउनुभयो । जिल्ला समन्वय समितिको भूमिका, प्रभावकारिता तथा अन्य प्रदेशमा समन्वय समितिले गरेका कामकाजको अनुभव साटासाटको महापर्वका रुपमा कार्यक्रम आयोजना गरिएको उहाले जानकारी दिनुभयो ।
साथै कार्यक्रमका माध्यमले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सहभागीलाई महोत्तरीका साथै प्रदेश नं २ का पौराणिक एवं ऐतिहासिकस्थलको अवलोकन भ्रमण गराएर यहाँका शिक्षा, स्वास्थ्य, सडक, रोजगारीलगायत यथार्थ जानकारी गराइने उहाँले बताउनुभयो ।
जिल्ला समन्वय समिति महासङ्घको २९ केन्द्रीय कार्य समितिका पदाधिकारीसहित देशभरिका १२० पदाधिकारीसहित २५० जना देशभरबाट सो कार्यक्रममा सहभागी हुनेछन् ।
तपाईको प्रतिक्रिया !!