झापा : मानव ओसारपसार र जवरजस्ती करणी मुद्दामा कैद फैसला भई फरार महिला पक्राउ परेकी छन् ।
झापा गौरीगञ्ज ६ की २६ वर्षीया रविना राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध २०७६ साल असार ३० गते जिल्ला अदालत झापाले मानव ओसारपसार र जवरजस्ती करणी मुद्दामा ११ वर्ष कैद र एक लाख जरिवानाको फैसला गरेको थियो ।
जिल्ला प्रहरी कार्याल झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाका अनुसार अदालतको फैसला अघिनै उनी फरार थिईन् ।
उनलाई ईलाका प्रहरी कार्यालय गौरीगञ्जको टोलीले पक्राउ गरेको हो । पक्राउ पछि उनलाई अदालतमा उपस्थित गराईएको र पीसीआर परीक्षणको रिपोर्ट आएपछि कारागार पठाउने प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !!