काठमाडौं : नेपालको स्थानीय बजारमा आज सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
आज (बिहीबार)का लागि स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँले घटेको हो।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८६ हजार पाँच सय रूपैयाँ तोकिएको छ। बुधबार सुन प्रतितोला ८७ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
यसैगरी, आज तेजाबी सुनको भाउ प्रतितोला ८६ हजार ५० रूपैयाँ कायम भएको छ।
सुनको मूल्य घटेसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा एक हजार दुई सय ८५ रूपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रतितोला एक हजार तीन सय १५ रूपैयाँमा कारोबार भएको थियो।
तपाईको प्रतिक्रिया !!