Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

हरिपुरका सबै वडाबाट स्वास्थ्य सेवा


हरिपुरका सबै वडाबाट स्वास्थ्य सेवा

सर्लाही : स्मार्ट सिटीका रुपमा अगाडि बढ्दै गरेको सर्लाही हरिपुर नगरपालिकाले नगरका नौवटै वडामा आधारभूत स्वास्थ्य सेवा विस्तार गरेको छ । नगरवासीलाई आधारभूत स्वास्थ्यको पहुँच गाउँगाउँमा नै पु¥याउने उद्देश्यले सङ्घीय सरकार र नगरपालिकाको साझेदारीमा भवनसहित स्वास्थ्यकर्मीको व्यवस्था गरिएको नगरप्रमुख जमरुद्दिन मन्सुरले बताउनुभयो ।

“नगरपालिकाका केही वडाहरूमा पुरानै स्वास्थ्य संस्था रहे पनि वडा नं ४, ५, ६ र ७ गरी चारवटा वडा स्वास्थ्य संस्थाविहीन थिए”, नगरप्रमुख मन्सुरले भन्नुभयो । स्वास्थ्य संस्था नभएका वडाहरूमा भवनसहित स्वास्थ्यकर्मीको व्यवस्थापन गरी आधारभूत स्वास्थ्य सेवा प्रदान गरेको उहाँको भनाइ छ । उहाँका अनुसार केही नयाँ थपिएका स्वास्थ्य संस्थाहरूमा भवन निर्माणको काम अन्तिम चरण पुगेको र चाँडै नै आफ्नै भवनबाट स्वास्थ्य सेवा प्रदान हुनेछ ।

नगरपालिकाका नौवटा वडा मध्य १, २, ३, ६ र ९ नं वडामा पुरानै स्वास्थ्य संस्था रहेका थिए । प्राथमिक स्वास्थ्य केन्द्र हरिपुरलाई १५ श्ययाको अस्पताल बनाउने प्रस्ताव गरिएको नगर स्वास्थ्य शाखा संयोजक बिकाउ महतोले राससलाई बताउनुभयो । नगरकै मुटु हरिपुर नगरपालिका–२ मा रहेको उक्त प्राथमिक स्वास्थ्य केन्द्रको सुविधा सम्पन्न भवन निर्माणाधीन अवस्थामा रहेको छ ।

स्वास्थ्य सेवालाई सूचना प्रविधिसँग जोड्दै नवीनतम तरिकाबाट सेवाहरू प्रदान गर्ने गरी अगाडि बढिएको नगर उपप्रमुख रेणुका काफ्लेले बताउनुभयो । उहाँका अनुसार हरिपुर नगरपालिका–३ मा फरहदवामा रहेको स्वास्थ्य चौकीलाई पनि अस्पतालका रुपमा विकास गर्ने प्रयास भइरहेको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र हरिपुरलाई अस्पतालकै रुपमा सञ्चालनमा ल्याउन भन्दै सुविधा सम्पन्न भवन निर्माण शुरु गरिएको भए पनि ठेकेदारको लापर्वाहीका कारण भवन निर्माण सुस्त गतिमा अघि बढ्दा स्वास्थ्य सेवा प्रदान गर्न समस्या भएको नगर स्वास्थ्य संयोजक महतोले बताउनुभयो ।

उहाँका अनुसार हरिपुर नगरपालिकाका स्वास्थ्य चौकी तथा प्राथमिक स्वास्थ्य केन्द्रहरूमार्फत आधारभूत स्वास्थ्य सेवाहरूअन्तर्गत बिरामी जाँच सेवा, पोषण, सुरक्षित मातृत्व, परिवार नियोजन, खोप सेवा, सर्ने तथा नसर्ने रोगसम्बन्धी सचेतना सेवा, विद्यालय स्वास्थ्य सेवालगायत सेवा सञ्चालन भइरहेको छ ।

नगरका नौवटै वडामा रहेको स्वास्थ्य संस्थामध्ये केही स्वास्थ्य संस्थाहरूको आफ्नै भवन नभएको भए पनि अन्य सरकारी कार्यालयहरूका भवनको प्रयोग गरी सेवा दिने काम भइरहेको नगरपालिकाले जनाएको छ । आफ्नै भवन नभएका स्वास्थ्य संस्थाहरूको पनि भवन निर्माणको काम अन्तिम चरणमा पुगेका कारण चाँडै नै नगरका सबै स्वास्थ्य संस्थाले आफ्नै भवनबाट स्वास्थ्य सेवा प्रदान गर्ने तयारी गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

विपन्न,असहाय, बेवारिसे बिरामीकाे निशुल्क उपचार नगर्ने निजी अस्पताललाई कारबाही गर्ने : बालेन
Banner News

विपन्न,असहाय, बेवारिसे बिरामीकाे निशुल्क उपचार नगर्ने निजी अस्पताललाई कारबाही गर्ने : बालेन

जेष्ठ ७, २०८०, ११:५६ AM
रंगले छालालै असर पार्छ छाला जोगाएर खेलौं रंग जोगाएर खेलौं रंग
Banner News

रंगले छालालै असर पार्छ छाला जोगाएर खेलौं रंग जोगाएर खेलौं रंग

फाल्गुन २१, २०७९, ७:४५ PM
अनौठो बच्चामोरङ जिल्लामा जन्मियो, दर्शन गर्न आउनेको भिँड (
Banner News

अनौठो बच्चामोरङ जिल्लामा जन्मियो, दर्शन गर्न आउनेको भिँड (

माघ २०, २०७९, ७:१५ AM
रामेश्वर श्रेष्ठ मेयर दोहोरिन चाहन्थे, बने स्वास्थ्य मन्त्री
Banner News

रामेश्वर श्रेष्ठ मेयर दोहोरिन चाहन्थे, बने स्वास्थ्य मन्त्री

माघ १४, २०७९, ११:०७ AM
सुर्खेतमा सवारी दुर्घटना : चार जना स्वास्थ्यकर्मीको मृत्यु, एक गम्भीर घाइते
Banner News

सुर्खेतमा सवारी दुर्घटना : चार जना स्वास्थ्यकर्मीको मृत्यु, एक गम्भीर घाइते

माघ ८, २०७९, १०:४३ AM
१० अर्ब बजेट   विपन्न र बिमितको उपचार गर्न , तर ५ महिनादेखि भुक्तानी ठप्प
Banner News

१० अर्ब बजेट विपन्न र बिमितको उपचार गर्न , तर ५ महिनादेखि भुक्तानी ठप्प

पुस २२, २०७९, ७:३२ AM
कोरोन बढ्न  थालेपछि जमुना नाकामा  कडा
Banner News

कोरोन बढ्न थालेपछि जमुना नाकामा कडा

पुस १६, २०७९, १२:१७ PM
टुडे एक्सप्रेस २०७८ असार १४ गते
Banner News

श्रावन १७ , टुडे एक्सप्रेस जनकपुरधाम

साउन १७, २०७९, १०:२५ AM
२४ घण्टामा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, जनकपुरमा १७ वटा पिसिआर परिक्षण गर्दा सबै नेगेटिभ रहेको,स्वास्थ्य निर्देशनालय, सपही, धनुषा
कोरोना अपडेट

२४ घण्टामा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, जनकपुरमा १७ वटा पिसिआर परिक्षण गर्दा सबै नेगेटिभ रहेको,स्वास्थ्य निर्देशनालय, सपही, धनुषा

साउन ४, २०७९, ११:२५ AM
डेंगुका बिरामी,धमाधम भेटिँदै
राष्ट्रिय

डेंगुका बिरामी,धमाधम भेटिँदै

साउन ३, २०७९, १०:५२ AM

ताजा समाचार

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

2 weeks ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

2 weeks ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

2 weeks ago
आज जैविक विविधता दिवस मनाइँदै

आज जैविक विविधता दिवस मनाइँदै

2 weeks ago
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

2 weeks ago
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

2 weeks ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर