
सर्लाही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले पनि देशलाई बन्धक बनाउन खोजेको आरोप लगाएका छन्। सर्लाहीको धनकौल गाउँपालिकामा मंगलबार आयोजित बृह्त आमसभा एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले भने, ‘संसद बिघटन गर्दा दुर्घटनामा गइसकेको देशलाई सर्वाेच्च अदालतको निर्णयबाट बचे। तर फेरी पनि प्रधानमन्त्री ओलीले देशलाई निकास नदिने सुर कस्नुभएको छ ।’
प्रधानमन्त्रीले देशलाई संसदभित्रबाट बन्धक बनाउन खोजेको उनले आरोप लगाए । उनले देश बन्धक बनाउन प्रधानमन्त्रीलाई निर्वाचन आयोगले मद्दत गर्न नहुने बताए । उनले भने, ‘आयोगले यदि प्रधानमन्त्रीलाई सहयोग गररे देश बन्धक बनाएमा नेकपा आयोग नाम राख्दा हुन्छ ।’ नेता थापाले आफ्नो ज्यानमाथि खतरा रहेको भनेर पोखरामा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए । ‘जुन देशका प्रधानमन्त्रीले आफ्नो ज्यान जोगाउन सक्दैन, त्यसले जनताको ज्यान कसरी जोगाउँछ ।
तपाईको प्रतिक्रिया !!