जनकपुरधाम । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय टोलीले धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्षक डम्बरबहादुर राउतले बाटोमा फालेको ८ लाख रुपैया बरामद गरको छ । अख्तियारको टोली आएको थाहा पाएपछि अध्यक्ष राउत घुस लिएको रकम फालेर भागेका थिए । फालेको रकम ८ लाख रुपैया रहेको अख्तियारले जनाएको छ ।
घटना सोमवार साँझको हो। अख्तियारको टोलीले भने अध्यक्ष चढ्ने गाडी र चालकलाई नियन्त्रणमा लिएको छ । अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले गाउँपालका अध्यक्षको प्र–२– ०२–००१ झ ०००२ नम्बरको सरकारी नम्बर प्लेटको गाडी र चालकलाई नियन्त्रणमा लिएको जानकारी दिए । विकास निर्माणका योजनाहरूको कामको भुक्तानी दिन अध्यक्ष राउतले ८ लाख रुपैयाँ कमिसनको रुपमा लिएको थियो– अख्तियारको दाबी छ । फरार भएका अध्यक्ष राउत मंगलवार कार्यालय समेत नआएको बताइएको छ ।
उनी मोवाइल समेत अफ गरेर सम्पर्क विहिन भएका हुन्। उनी फेला नपरेपछि मुद्दा चलाउने अख्तियारका एक अधिकारीले जनाए । मुद्दा दर्ता भएपछि उनी स्वतः निलम्बन हुनेछन्। घटनापछि स्थानीयले गाउँपालिका कार्यालयमा तालाबन्दी गर्दै अध्यक्ष राउतमाथि कारबाही गर्न माग गरेका छन् । विभिन्न मागसहित स्थानीयले मंगलवार गाउँपालिका कार्यालयमा धर्नामा समेत बसे। नेकपा प्रचण्ड–माधव समूह, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायत नागरिक समाज र गाउँबासी गाउँपालिका कार्यालय अध्यक्षको कार्यकक्ष, योजना, प्रशासन, लेखालगायत शाखा तथा मूलगेटमै तालाबन्दी गरेको छ । गाउँपालिकाको भित्ता र ढोकामा ८ लाख घुस लिने घुसखोरी राउत मुर्दावाद, सम्पूर्ण विकासे योजना सार्वजनिक गर, भ्रष्टाचारी गाउँपालिका अध्यक्ष राउतलाई कारबाही गर लगायतको नारासमेत कागजमा लेखेर स्थानीयले टाँसेका छन् ।
तपाईको प्रतिक्रिया !!