
महोत्तरी । घरमै आई आफुहरूलाई कुटपिट गर्ने विरुद्ध कडा कार्वाहीको माग गर्दै जलेश्वरकी एक महिलाले प्रहरीमा निवेदन दर्ता गराएकी छिन् । जिल्लाको जलेश्वर नगरपालिका ८ बज्राही बस्ने शम्भु ठाकुरकी श्रीमती ५० वर्षिया सुशिला देवीले सोही ठाउँ बस्ने छिमेकी लालकिशोर ठाकुरका छोरा २५ वर्षिय सुधिर ठाकुर सहित भारतको बथनाह बस्ने सुधिरका भान्दा राजा ठाकुर र नाम नखुलेका अर्का भान्जा सहित तीन जना विरुद्ध घरमै आई कुटपिट गरेको भन्दै आवश्यक कार्वाहीको माग गर्दै उजुरी दिएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय जलेश्वरमा दर्ता गराएको निवेदनमा भनिए अनुसार सुशिलादेवीकी छोरी अनु ठाकुरको श्रीमान मनोहर झासँग सम्बन्ध विच्छेदको मुद्धा चलि रहेको छ । आरोपी मध्येका राजा ठाकुरले सुशिलादेवीको औरही स्थित छोरी रिमा कुमारीको घरमा गई धाकधम्की दिएका थिए ।
मेरो छोरीलाई किन त्यसरी धम्की दिएको भनेर सम्झाउन जाँदा त्यही विषयलाई रिसिवी बनाई फाल्गुन ११ गते मंगलवार अन्दाजी ११ बजे सुधीर र उनका दुईजना भान्जा घरमै आई आफुहरू माथि कुटपिट गरे, उजुरीमा भनिएको छ । आफुलाई बचाउन आएका छोरी रिमा तथा नाती शिवम र अमरलाई समेत उनीहरूले कुटपिट गरेको सुशिलादेवीले बताईन् । उनीहरूले कुटाईबाट नाती शिवमको खुट्टा भाँचिएको, अमरको टाउकामा चोट लागेको छ । उनीहरूले आफ्नो शरीरमाथि मोटरसाईकल कुटाईको समेत सुशिलाले बताएकी छन्।
तपाईको प्रतिक्रिया !!