
श्रीकान्त झा । जनकपुरधाम । भव्य कलशयात्रा सहित धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा धार्मिक यज्ञ शुभारम्भ भएको छ । गाउँपालिकाको कार्यालय र गाउँवासीको आयोजनामा वडा नम्बर ३ स्थित कञ्चनवन जगरियामा पूर्णब्रह्मा परमपिता परमेश्वर एवं शक्तिनाम संकीर्तन मंलगवार शुभारम्भ भएको हो । सम्पूर्ण जीव कल्याणको उदेश्यले आयोजना गरिएको उक्त संकीर्तन फागुन २९ गते सम्म चल्ने स्थानीय कौशल कुमार यादवले बताए ।
कञ्चनवन धार्मिक हिसावले एक महत्वपूर्ण ठाउँ हो जहाँ मिथिलाको महत्वपूर्ण पर्व माध्यमिक परिक्रमका अवसरमा डोलेहरू सो स्थानमा पुग्ने गरेको बताउँदै पवित्रभूमिमा शिवको मन्दिर शिलान्यास गर्ने उदेश्य समेत राखि संकीर्तन आयोजना गरिएको बाबा अंगदजी दासले बताए । बाबा दासका अनुसार त्यहाँ भागवान रामसीता, हनुमान लगायत ५१ स्वरुपाका देविदेवताका मूर्तिहरू समेत प्रदर्शनमा राखिएको छ । कञ्चनवनमा पहिलो पटक यति ठुलो संकीर्तन आयोजना हुनु गजरिया र सम्पूर्ण लक्ष्मीनियाँ गाउँवासीकै लागि गौरवको विषय भएको अर्का स्थानीय सत्यनारायण यादवको भनाई छ । सम्पूर्ण गाउँवासी, लक्ष्मीनियाँवासीको लागि आयोजित संकीर्तनमा श्रद्धालु भक्तजनहरूलाई एक पटक सहभागि भई पुण्य कमाउन गाउँवासीले अपील गरेका छन् ।
नेता यादवले दिए भक्तजनलाई कपडा
नेपाली काँग्रेसका युवा नेता विनय कुमार यादवले संकीतनका सहभागिहरूलाई गेरु गन्जी, लुङ्गी र गम्छा प्रदान गरेका छन् । नेपाली काँग्रेस धनुषा क्षेत्र नम्बर ४ का क्षेत्रीय सदस्य समेत रहेका यादवले काँग्रेस नेता कोमलकान्त झा सहितका नेता तथा स्थानीय कार्यकर्ताको सहभागितामा संकीर्तन स्थल कञ्चनवन पुगी पुजारी, बाबाजी, संकीर्तनमा खटिका स्वयमसेवक लगायतलाई गन्जी र गम्छा वितरण गरेका हुन् । आफुलाई भावी गाउँपालिकाको अध्यक्षको दावेदार बताउने समाजसेवी सोचका नेता यादवले विगतमा पनि थुप्रै सामाजिक कामहरू गरेको बताए ।
उनले लकडाउनको समयमा आफ्नो व्यक्तिगत खर्चमा वडा नम्बर ३ मा ३५ घरधुरीलाई राहत दिएको, झण्डामेलामा १२ हजार सहयोग गरेको, वडा ५ मा दुर्गा मन्दिर निर्माणमा ४५ हजार सहयो गरेको, रामजानकी युवा क्लवलाई ३२ ओटा भेष्ट दिएको लगायत गाउँपालिका भरि नै आफुले जनताको सेवामा लागेको बताए । गाउँपालिकामा काँग्रेस भूमिका प्रतिपक्षको भए पनि विकास निर्माणका काममा लागेका भन्दै कार्यकर्तालाई निरास हुन नदिन पनि आफुले उनीहरूको मनोवल गिर्न नदिने काम गरेको उनले बताए ।
तपाईको प्रतिक्रिया !!