
सर्लाही । नेपाल प्रहरी अस्पताल महाराजगन्ज काठमाण्डौको आयोजना तथा २ न.प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सर्लाहीको समन्वयमा सर्लाहीको बलरा नगरपालिकामा दुइदिने निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । आइतवार सुरु भएको शिविर सोमवार सकिएको हो। वडा न–७ डुमरिया स्थित स्वास्थ चौकीको परिसरमा भएको स्वास्थ्य शिविरमा महिला, बालबालिका र जेष्ठ नागरिकलाई लक्षित गरि स्त्री तथा प्रसूति, बालरोग, हाडजोर्नी, दाँत सम्बन्धी उपचार सेवा निःशुल्क प्रदान गरिएको थियो।
शिविर मार्फत ५ सय बढी सर्वसाधारणहरूले स्वास्थ्य सेवा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । आइतवार नगर प्रमुख अभय कुमार सिंहले उद्घाटन गर्नु भएको शिविरमा प्रहरी अस्पताल प्रमुख प्रा.प.अ.म.नि.डा आशा सिंहको नेतृत्वमा २५ जनाको चिकित्सक टोलीले सेवा प्रदान गरेका थिए ।
तपाईको प्रतिक्रिया !!