जनकपुरधाम : जनकपुरधामका सयौं दलित विपन्न परिवारले नयाँ घर पाएका छन्।
जनता आवास कार्यक्रम अन्तर्गत नयाँ घर निर्माण गरी दलित विपन्नलाई हस्तान्तरण गरिएको छ । सोमवार एक समारोहबीच प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल र जनता आवास कार्यक्रमका संयोजक समेत रहेका साँसद प्रमेश्वर साहले दलित विपन्नहरूलाई नयाँ दुईकोठे पक्की घर हस्तान्तरण गरे।
जनता आवास कार्यक्रम अन्तर्गत निर्माण भएका १२४ पक्की घर दलित विपन्नलाई हस्तान्तरण गरिएको मन्त्री सोनलले बताए ।
लादोबेलाका ४३, विन्धिका ३६ तथा बसहियाका ४५ गरि १२४ परिवारलाई दुई कोठाको पक्की घर हस्तान्तरण गरिएको छ ।
संघीय सरकारको कार्ययोजनामा परिमार्जन गररे प्रदेश सरकारले छानामा भएको बाँसको ठाउँमा फलामको पाइप, एक नम्बर इँटा तथा भुईँमा माटोको सट्टा इँटाको सोलिङ राखेको मन्त्री सोनलले बताए । नयाँ पक्की घर पाएका दलित विपन्न परिवारका सदस्यहरू खुःशी भएका छन्। कार्यक्रममा उनीहरू प्रदेश सरकार र मन्त्री सोनललाई धन्यवाद ज्ञापन समेत गरे।
तपाईको प्रतिक्रिया !!