सिरहा : नेपाली सेनाले ‘नागरिक–सैनिक सम्बन्ध अभिवृद्धि’ गर्ने उदेश्यले सिरहाको नरहा गाउँपालिकाका विभिन्न वडामा निःशुल्क स्वास्थ्य शिविर माफर्त स्वास्थ्य सेवा प्रवाह गरेको छ ।
नेपाली सेनाको शेर गन र नम्बर २७ फिल्ड एम्बुलेन्स गुल्म तथा नरहा गाउँपालिकाको सहकार्यमा गाउँपालिकावासीलाई निःशुल्क स्वास्थ्य सेवा प्रवाह गरेको हो ।
उक्त स्वास्थ्य शिविरमा ५८२ महिला र ३७९ जना पुरुष गरी ९६१ जनाको स्वस्थ्य जाँच गरी आवश्यक औषधी पनि निःशुल्क वितरण गरिएको शेर गण चोहर्वाका प्रमुख सेनानी ९कर्नेल० जितेन्द्र गौलीले बताए ।
तपाईको प्रतिक्रिया !!