जनकपुरधाम : नेत्रबिक्रम चन्द बिप्लव समुहको नेकपाका सर्लाही र महोत्तरी जिल्लाका इन्चार्ज सोमबार पक्राउ परेका छन् ।
महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ११ स्थित ताराचौरीबाट बिप्लब समूहका सर्लाही र महोत्तरी इन्चार्ज कमलबहादुर सुस्लिङ मगरलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।
सर्लाहीको लालबन्दी नगरपालिका ६ बस्ने मगरलाई पक्राउ गरि जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट शान्तिबिरुधको कसुर मुद्दामा ७ दिनको म्याद थप गराई अन्य अनुस्न्धान गरिरहेको महोत्तरीका प्रहरी प्रबक्ता प्रकाश बिस्ट्ले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !!