काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा बैठक आह्वान गर्ने तयारी गरेकी छिन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्रतिनिधिसभा बैठक आह्वान गर्नेबारेको पत्र प्राप्त भइसकेकोले केहीबेरमा बैठक आह्वान गर्ने भएको हो।
“राष्ट्रपतिज्यूसमक्ष मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त संसद् बैठक आह्वानसम्बन्धी पत्र पेस भएको छ, उहाँले आह्वान गर्ने तयारी गरिरहनुभएको छ, केहीबेरमा आह्वान गर्नुहुन्छ,” राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले देखापढीलाई बताए।
प्रवक्ता पन्तका अनुसार राष्ट्रपतिले संसद् आह्वानसम्बन्धी विज्ञप्ति सार्वजनिक गर्ने तयारी गरिरहेकी छिन्।
सर्वोच्च अदालतले दिएको आदेशअनुसार सरकारले प्रतिनिधिसभाको बैठक यही फागुन २३ गते ४ बजे बोलाउने निर्णय आजको मन्त्रिपरिषद् बैठकले गरेको छ।
तपाईको प्रतिक्रिया !!