श्रीकान्त झा , जनकपुरधाम : झा दम्पतिको वेपत्ता प्रकरणमा प्रहरीले अनुसंन्धानमा तिव्रता दिएका छन् । वेपत्ता भएको एक साता विति सक्दा पनि कुनै अतो–पतो नभएको बखत प्रहरी खोज–तलास तथा अनुसंनधानलाई तिव्रता दिएको हो । प्रहरीले स्थानिय विभिन्न पोखरीहरुलाई गोताखोरहरु लगाई खोजतलासको कामलाई तिव्र दिएको छ ।
गत सोमवार घरबाटै वेपत्ता भएका महोत्तरीको पिपराका झा दम्पतिको अवस्था अझै अज्ञात रहेका कारण झाको परिवार देखि स्थानिय वासिन्दा सम्म निराशा भएका थिए । तर प्रहरीले अनुसंन्धानलाई तिव्रता दिए पछि झा दम्पतिको अवस्था छिटै पत्ता लाग्ने आशा पलाएको स्थानियले वताएका छन् । स्थानिय वासीले तत्काल प्रहरीले झा दम्पतिलाई खोजतलास नगरे काडा सँर्घषमा उत्रिने चेतावनी दिएको बखत प्रदेश २ प्रहरी कार्यालयका प्रमुख डिआईजी धिरज प्रताप सिहं आफै घटना स्थलमा पुगि झा दम्पतीको अनुसंन्धानमा कुनै कसर वाँकी नराख्न मातहतका सबै प्रहरी यूनिटलाई निर्देशण दिएका कारण स्थानियमा झा दम्पतीको अवस्था छिटै पत्ता लाग्ने आशा पलाएको छ ।
डिआईजी सिहंले भने ‘अहिलेसम्म आर्थिक, सामाजिक, पारिवारिक पक्षलाई हेरेर अनुसन्धान गरेका छौं’ प्रदेश २ का प्रहरी प्रमुख डिआईजी धिरजप्रताप सिंहले भने, ‘घटनामा जग्गा विवाद पनि हुन सक्छ । हामी सबै पक्षलाई हेरेर अनुसन्धान गरिरहेका छौं ।’ अनुसन्धान गर्ने क्रममा आएका कतिपय कुरा औपचारिक रुपमा भन्न नमिल्ने बताउदै उनले झा दम्पतिलाई खोजीका लागि प्रहरीले तालिमप्राप्त सम्पूर्ण प्रहरी निकायलाई खटाएको बताए ।
पिपरा गाउँपालिका–५ सहोडवास्थित घरमै सुति रहेका ६६ बर्षीय मुसाफिर झा र उनकी पत्नी ६० बर्षीया गीतादेवी झा सुतिरहेकै ठाउँबाट फाल्गुन ११ गते सोमवार देखि हराईरहेका छन् । उनीहरूको अपहरण भएको हुन सक्ने आशंका गरिएको भए पनि प्रहरीको अनुसन्धानबाट हालसम्म उनीहरूको अवस्थाका बारेमा केही पत्ता लाग्न सकेको छैन ।
तपाईको प्रतिक्रिया !!