सर्लाही । सर्लाहीको उत्तरी भेगमा अवस्थित लालबन्दी नगरपालिकामा रहेको जनता आधारभुत विद्यालयका २ सय ५० बालबालिकाहरूलाई शैक्षिक झोला वितरण गरिएको छ । सो नगरपालिकाको वडा नम्बर १५ शिर कालिन्जोरमा रहेका जनता आधारभूत विद्यालयका बालबालिकाहरूलाई स्वर्णिका श्रेष्ठ स्मृति प्रतिष्ठान र जनज्योति भुतपुर्व विद्यार्थी समाजको संयुक्त रुपमा शैक्षिक झोला वितरण गरेको विद्यालयले जनाएको छ ।
बालबालिकाहरूलाई शिक्षा प्रति आकर्षित गराउन र विभिन्न शैक्षिक सामग्री राख्न सहजताका लागि बालबालिकालाई शैक्षिक झोला वितरण गरिएको स्वर्णिका श्रेष्ठ स्मृति प्रतिस्ठानका संरक्षक श्याम श्रेष्ठले बताए । कार्यक्रममा जनज्योति भुपु विद्यार्थी समाजका अध्यक्ष कृष्ण भण्डारी, नवराज पौडेल, रमेश पौडेल, सन्तोष गौतम विद्यालय प्रधानाध्यापक नहिन्द्रराज भट्टराई, नेकपा सर्लाही जिल्ला कमिटी सदस्य कृष्ण गौतम, लालबन्दी १५ का अध्यक्ष गोरख बल, .१६ का अध्यक गणेश थापा, लालबन्दी जेसिसका अध्यक्ष श्याम खड् का लगायतको उपस्थिति रहेको थियो। प्रतिष्ठानले जिल्लाका विभिन्न विद्यालयका बालबालिकाहरूलाई यसरी नै शैक्षिक सामग्रि वितरण गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया !!