
बारा । बाराको प्रसौनी गाँउपालिकामा आर्थिक बर्ष २०७६-०७७ मा दलित तथा विपन्न परिवारलाई खानेपानी शिर्षकमा छुटयाईएको बजेटमा व्यापक भ्रष्टचार भएको पाइएको छ । गाँउपालिकाका अध्यक्ष भोला साहको अगुवाई र निर्देशनमा उक्त शिर्षकमा भ्रष्टचार भएपछि गाँउपालिका दलित समुदायले अख्तियारमा उजुरी दर्ता गरेका हुन ।
गाँउपालिका भित्रका दलित तथा विपन्न परिवारलाई स्वच्छ खानेपानी उपलब्ध गराउनका लागी नेपाल सरकारले शसर्त अनुदानमा एकएक थान फिल्टर वितरणका लागी ५० लाख बजेट विनियोजन भएको थियो । जसमध्ये दलित तथा विपन्न परिवार र गैर दलितलाई खानेपानी वितरण गर्दै ४३ लाख रुकम खर्च गररे ७ लाख भ्रष्टचार भएपछि कारवाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा उजुरी दर्ता भएको हो । उनीहरूले दलित तथा विपन्न परिवारलाई खानेपानीको नाममा आएको रकममा भएको भ्रष्टाचारको छानबिन गरी कारवाहीको माग गर्दे उजुरी दर्ता गरेका छन् । उनीहरूका अनुसार अध्यक्ष साहको निर्देशनमा दलित तथा विपन्न परिवारलाई बाईपास गरी हुने खानेले खानेपानीको नाममा सेवा पाएका छन् ।
तपाईको प्रतिक्रिया !!