संजय मिश्रा , रौतहट :रौतहट स्थित बालुवा मुनि लुकाएको अबैध सालको काठ सहितको ट्याक्टरको ट्रली बरामद भएको छ ।
जिल्लाको पश्चिमी भेग स्थित धन्सर खोलामा ट्रालिमा लोडरहेको अवस्थामा बन सुरक्षा गस्तिटोलिले अबैध सालको काठ बरामद गरेको हो। गुजरा नगरपालिका ३ सिमरी गाउँ छेउ धन्सार खोलामा ना५ त ५२ ४५ नम्बरको ट्रलिमा बालुवा मुनि ५ थान २५ क्युफिट सालको काठ लोड अवस्थामा बरामद भएको सब डिभिजन वन कार्यालय जङ्गलसैयाका प्रमुख विमल ठाकुरले बताएका छन ।
ट्याक्टरको ट्रलिमा तल काठ र माथी बालुवा राखेर लैजाँदै गरेको भन्ने विशेष सूचनाको आधारमा जङ्गलसैयाबाट वन सुरक्षा टोलि गएको थियो। सुरक्षाटोलि आएको थाहा पाएर तस्कर भने काठसहितको ट्रली छोडेर ट्याक्टरको ईन्जिन लिएर भागेको हुनसक्ने प्रमुख ठाकुरको अनुमान गरेका छन्।
बालुवा काठ सहितको बरामद ट्रली आवश्यक कारवाहीको लागि सब डिभिजन बन कार्यालय जङ्गलसैयामा आईतवार बिहान ५.३० बजे ल्यएर सो बारेमा थप अनुसंधान भैरहेको डिभिजन बन कार्यालय रौतहटले जनाएको छ ।
तपाईको प्रतिक्रिया !!