Today Express
No Result
View All Result
Today Express
No Result
View All Result
No Result
View All Result

डाक्टरले धोका दिएपछि सर्मिस्ठाले आत्महत्या गरेको खुलासा


डाक्टरले धोका दिएपछि सर्मिस्ठाले आत्महत्या गरेको खुलासा

जनकपुरधाम : जनकपुरधाम ७ स्थित नमस्कार होटल एण्ड गेस्ट हाउसमा फाल्गुन ८ मा मृत फेला परेकी युवती प्रेममा धोका खाएर आत्महत्या गरेको रहस्य खुलेको छ । झापाको भद्रपुर नगरपालिका ८ घर भई काठमाडौंमा बस्दै आएकी अन्दाजी ४० वर्षीया सर्मिस्ठा पोखरेलले आत्महत्या गरेकी थिइन् । घटनाको एकसातापछि आईतवार उनका आफ्न्त शव बुझ्न आएपछि आत्महत्या गर्नुको कारण खुलेको छ ।

उनी महोत्तरी घर भएका डा. राहुल पाण्डेसँग पशुपतिनाथ मन्दिरमा विहे गरेकी थिइन् । डा. पाण्डे काठमाडौंमा एमबिबिएस पढ् दा सर्मिस्ठाकै होस्टेलमा बस्दै आएका थिए । सोही क्रममा दुबैजनाबीच प्रेम भयो र विवाह पनि गरे । तर पढाइसकेपछि डा. पाण्डे घर फर्किए । उनी जनकपुरस्थित काव्या होस्पिटलमा काम समेत गर्न थाले। तर सर्मिस्ठासँग सम्पर्क तोडे। सर्मिस्ठाले खोजविन गर्दैजाँदा डा. पाण्डे जनकपुरमा बसिरहेको थाहा पाएकी थिइन् । त्यसपछि उनलाई खोज्दै जनकपुर आइन् । स्रोतका अनुसार अधिकारकर्मी, पत्रकार र जसपाका केहि नेता समेतको उपस्थितिमा उनी डा. पाण्डेलाई भेट गरिन् । डा. पाण्डेलाई फिजिकल सम्बन्ध राखेको स्वीकारे पनि विहेनगरेको दावी गरे । उनले आफूभन्दा धेरै बढी उमेर सर्मिस्ठाको रहेको भन्दै विहे गर्न नसक्ने भनेका थिए ।

सर्मिस्ठा विहे गरेको भन्दै रोइकराई गरिन् । तर उनको कुरामा कसैले विश्वास गरेन । त्यसपछि उनी कानूनी लडाइ लड्ने बताइन् । स्रोतका अनुसार सर्मिष्ठाले जलेश्वर प्रहरीमा उजुरी दिन पुगिन् । तर त्यहाँको प्रहरीले उजुरी लिएन । त्यसपछि उनी जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दर्ता गराइन् । तर न्याय पाउने विश्वास नलागेपछि उनी होटलमा आत्महत्या गर्न बाध्य भएको स्रोतको दावी छ । आईतवार सर्मिस्ठाकी आमाजु शर्मिला लामिछानेले घटनाको छानविन गरी दोषीमाथि कारबाही गर्न धनुषा प्रहरीमा उजुरी दिएकी छन्। उनका अनुसार आत्महत्या गर्दा सर्मिस्ठाले सुसाइड नोट पनि लेखेकी थिइन्। सुसाइड नोटमा पनि डा. पाण्डेले विहे गरेपनि स्वीकार नगर्दा आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेकी बताइएको छ ।

उनकी आमाजु लामिछानेले विहे गरी लामो समयसम्म भिजिकल रिलेशन राखेको र आफ्ना परिवारसँगको सम्बन्ध तोड्न लगाएकाले सर्मिष्ठा आत्महत्या गरेको भन्दै डा. पाण्डेलाई कडा कारबाही हुनुपर्ने माग गरेकी छन् । स्रोतका अनुसार घटना दबाउने प्रयासमा जसपाका केही नेता लागि परेका छन् । जसपाकै एक नेताले सर्मिस्ठालाई आर्थिक प्रलोभन समेत दिएको थियो। उनी अदालतमा समेत मुद्दा दर्ता गराउन वकिलहरूसँग छलफल गरिरहेको कुरा थाहा पाएपछि जसपाकै केहि नेताहरू उनलाई दबाब दिएको र न्याय नपाउने सोचेर उनी आत्महत्या गरेको स्रोतले जनायो। यस विषयमा गम्भिर रुपले अनुसन्धान गर्न उनका आफ्न्तले प्रहरीसँग माग गरेका छन् । सर्मिस्ठाको शव एकसातादेखि प्रादेशिक अस्पतालमा अलपत्र परेको थियो । आईतवार उनको शव बुझेर आफ्न्तजनले जनकपुरस्थित स्वर्गद्वारमा दाहसंस्कार गरेका छन् ।

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’
Banner News

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

जेष्ठ ८, २०८०, ८:४६ AM
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै
Banner News

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

जेष्ठ ८, २०८०, ७:२० AM
आज जैविक विविधता दिवस मनाइँदै
Banner News

आज जैविक विविधता दिवस मनाइँदै

जेष्ठ ८, २०८०, ७:०१ AM
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम
Banner News

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

जेष्ठ ८, २०८०, ६:१० AM
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति
Banner News

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

जेष्ठ ७, २०८०, ५:५२ PM
१० महिनामा साढे ६ लाख नेपाली रोजगारीका लागि विदेशिए
Banner News

१० महिनामा साढे ६ लाख नेपाली रोजगारीका लागि विदेशिए

जेष्ठ ७, २०८०, ३:१४ PM
प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल
Banner News

प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल

जेष्ठ ७, २०८०, २:४५ PM
बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त
Banner News

बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त

जेष्ठ ७, २०८०, २:३५ PM
प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?
Banner News

प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?

जेष्ठ ७, २०८०, १:१० PM
‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा
Banner News

‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा

जेष्ठ ७, २०८०, १२:३४ PM

ताजा समाचार

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

2 weeks ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

2 weeks ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

2 weeks ago
आज जैविक विविधता दिवस मनाइँदै

आज जैविक विविधता दिवस मनाइँदै

2 weeks ago
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

2 weeks ago
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

2 weeks ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.