सर्लाही : इश्वरपुर नगरपालिका – १ पोखरियाको सपही नदिमा बाँध निर्माण हुने भएको छ ।
नदी कटानका कारण प्रत्येक वर्ष डुवान तथा खेती कटानको समस्या हुने गरेको भन्दै डुवान तथा नदी कटानबाट गाउँलाई बचाउन बाँधको निर्माण गर्न लागिएको हो ।
शनिवार विहान एक कार्यक्रमकाबीच सर्लाही क्षेत्र नम्बर १ का संघीय सांसद प्रमोद साहले त्यहाँ निर्माण गरिने बाँधको शिलान्यास गरेका छन् ।
सांसद साहको संसदीय विकास कोषको १ करोड रुपैयाको लागतमा निर्माण हुन लागेको उक्त बाँध निर्माण पश्चात् डुवान तथा बाढीको समस्या समाधान हुनुका साथै किसानलाई सिंचाइको समेत सुविधा प्राप्त हुने स्थानीयले बताएका छन ।
शिलान्यास कार्यक्रममा जनात समाजवादी पार्टी (जसपा) नेपालका क्षेत्रीय अध्यक्ष रामनरेश साह, जसपा ईश्वरपुर नगर अध्यक्ष पंची महतो, जसपा नेता नागेन्द्र राय, स्थानीय नेता डा. कौशल किशोर महतो, गगन देव साह, राम विश्वास राय, मो. जुमराती अंसारी, मो.भगल अंसारी, मो.इजराईल अंसारी लगायतको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया !!