
वीरगञ्ज : अनलाईनबाट ठगी गर्ने एक भारतीय सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा जिल्ला वीरगंज महानगरपालिका २० वस्ने ३२ वर्षिय रामपुकार प्रसाद यादव र भारत विहार जिल्ला पूर्वी चम्मपारण थाना रक्सौल वडा नं.२ बस्ने बर्ष ४३ को राकेश कुमार रहेका छन्। उनीहरूलाई महानगरीय प्रहरी अपराध महाशाखा टेंकू, काठमाण्डौमा सुनिल सेन्चुरी भन्ने व्यक्तिले दिएको निवेदनको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले सुक्ष्म अनुसन्धान गरी पक्राउ गरिएको हो।
उनीहरूले बिभिन्न मिति र समयमा ईमो तथा ह्वाटसएप मार्फत चिट्ठा परेको भन्दै विभिन्न प्रलोभन देखाइ श्रीनिवास साह तेलीको सिभिल बैंक लिमिटेडको खाता नं. ०६८१०३३० ९५५०१९ बाट रु.४९ हजार ५सय, राम पुकार प्रसाद यादवको ज्योति विकास बैंकको खाता नम्वर ०१२०१२०००८३१०५०००००१ बाट रु. १९ हजार ५ सय, राम पुकार प्रसाद यादवको प्राईम कमर्सियल बैंकको खाता नं. ०२ ९००२६९ पिई बाट ५० हजार, पुजा रिमालको ईसेवा आईडीबाट ३५ हजार र सुरेश कुमार कापरको आईडीबाट ३० हजार गरी .१ लख ८४ हजार श्याम खतिवडाको ईसेवा आईडीबाट ठगी गरेको पाइएको छ ।
उनीहरूलाई विहिवार पक्राउ गरी आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी अपराध महाशाखा टेकू काठमाण्डौमा पठाइएको दुई नम्बर प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया !!