
जनकपुरधाम : नेकपा प्रचण्ड नेपाल पक्षका अध्यक्ष माधव नेपाल आज सिरहा आउने भएका छन् । सिरहाको सखुवानन्कारकट्टी गाँउपालिकामा आयोजना हुन लागेको तेस्रो भण्डा महोत्सव २०७७ को उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
तराईमा बाल विवाह र दहेज प्रथा जकडिएर रहेको भन्दै न्यूनिकरणमा महोत्सवको योगदान रहेको भन्दै सखुवानन्कारकट्टी गाउँ पालीकाको आयोजनामा अघिल्लो २ पटक भएका महोत्वसवले जनचेतना मार्फत बाल विवाह न्यूनिकरण भएको प्रदेश २ का प्रदेशसभा सदस्य अशोक कुमार यादव बताए ।
महोत्सवमा बाल विवाह, बहुविवाह, दहेजप्रथा तथा लैंङ्गिक हिंसा सम्वन्धी जनचेतना कार्यक्रमले यसभेगमा अभिभावकमा धेरै प्रभाव रहेको छ । फागुन १५ देखि २४ गते १० दिनसम्म चल्ने छ ।
तपाईको प्रतिक्रिया !!