धर्मेन्द्र कुमार साह । रौतहट । रौतहटको वृन्दावन नगरपालिका ८ बौहरी बस्ने रुपलाल पासवान अहिले कतार बस्छन् । तर उनको करिब २० बर्षीय छोरा विजय कुमार पासवान बुबाको लागि न्याय खोज्दै दिनहु भौतारी रहेका छन्। उनको बुवाले कतारमा भनेको जस्तो काम नपाएपछि कथित “एजेण्ट “माथि कार्बाही र सुरक्षित कामको व्यवस्था मिलाउन भन्दै उनी विभिन्न निकाय गुहार्न पुगेका हुन्। एकपटक ठगिएपछि अर्को एजेण्ट मार्फत कतार गएका उनका बुवा रुपलाल उतै अर्का एजेण्टबाट ठगिएका हुन्। कतारमा रहेका रुपलालले विदेश जाने सोच बनाए पछि गरुडा नगरपालिकाको जिङ्गड्वा बस्ने जनेर्ललाई भिषा र टिकटको १ लाख रुपैयाँ दिए । जर्नेलले आफुलाई म्यानपावर कम्पनीको एजेण्ट बताएको र उनी चिनजानकै व्यक्ति समेत भएकोले विश्वास गरेर रकम दिएको रुपलालका छोरा विजयले बताए ।
तर अहिले जर्नेल सम्पर्कविहिन भएका छन्। कमजोर आर्थिक अवस्था र पारिवारिक समस्याका कारण बुवालाई विदेश पठाउनै परेको भन्दै विजयले रौतहटकै जमुनिया निवासी एक जनालाई १ लाख १० हजार रुपैयाँ दिएर बुबा कतार गएको बताए । राम्रो काम र तलब पाउने आश गरेका उनले कतारमा भनेको काम नपाएको र भने जस्तो पारिश्रमिक नपाएपछि बताए । राम्रो काम पाउने आशामा एजेण्टलाई भन्दा बढी पैसा दिए पनि काम राम्रो नपाएको विजयले बताए । ‘बुवाले भनेको काम पाउनु भएन काम नपाएपछि एजेण्टलाई भन्दा थप २ लाख रुपैयाँ दिए पनि चित बुझ्दो काम पाएको छैन । बुवालाई राम्रो पारिश्रमिक भन्दा पनि अहिले सुरक्षित काम चाहिएको छ,’ उनले भने। विजय जस्तै अर्का पिडित हुन् ३४ बर्षीय विनय कुमार साह । गढिमाई नगरपालिका वार्ड नम्बर २ समनपुरका विनय कुवेत जान भनेर ब्याग बोकेर काठमाण्डौ पुगे तर एजेण्टकै कारण उनी पनि फर्केर घर आउनु प¥यो। उनीबाट पैसा लिएका एजेण्ट सम्पर्कमै नआए पछि उनी पनि न्यायका लागि भौतारिरहेको बताउछन्।
विनयको वैदेशिक रोजगारीमा पठाउने एजेण्ट रिता राइ सँग भेट भयो। “कद्रवेतको लागि २०० के डि अर्थात करिब ६० हजार नेपाली रुपैयाँ कमाई हुने बताए पछि मैले उनलाई पैसा दिएको हुँ, तर लामो समय सम्म पनि भिषा नआए पछि उनलाई भेट्न गएँ। उनले टिकेट आइसकेको र थप १ लाख ४५ हजार रुपैयाँ दिनु पर्ने बताए पछि आफुले सो रकम दिएको विनयको भनाई छ । उनले रकम दिएको दुई बर्ष भन्दा धेर भई सके ै को छ । तर न उनको भिषा आयो न पैसा नै फिर्ता पाए । अहिले उनीले डुबेको रकम उठाई दिन भन्दै रीता विरुद्ध जिल्ला प्रशासन कार्यालय गौर र वैदेशिक रोजगार विभागमा उजुरी दिएको बताउँछन्। यी त प्रतिनिधी घटना मात्रै हुन्। वैदेशिक रोजगारीका क्रममा दुःख पाएकाहरूको कथा धेरै छ हाम्रो समाजमा ।
राम्रो काम र धेरै कमाई हुने काममा पठाईदिन्छु भन्दै गठी गर्ने अधिकांश चिनजानकै मान्छे हुने गरेका छन् । अप्रवासी श्रोत केन्द्र गौरमा कार्यरत सुचना अधिकृत निलु झाले अधिकांश ठगीका घटना चिनजानकै व्यक्तिबाटै हुने गरेको बताउँछिन्। रौतहटमा अहिले वैदेशिक रोजगारी सम्बन्धि ५६ ओटा मुद्धाहरू प्रक्रियामा रहेको बताउदै उनले कयौं ठगीका मुद्धाहरू अझै पनि निकाय सम्म पुग्न नसकेको बताईन्। पारिश्रमिक छोडेर आउनुपर्ने बाध्यता गरुडा नपा–१ जयनगर बस्ने राम नरश यादव लकडाउन हुनु े पुर्व कुवेतमा काम गर्दै थिए । करिब ५ बर्ष देखि कुवेतमा काम गर्दै आएका उनी गत फरवरीमा बिदामा घर आए । तर मार्च देखि लागेको लकडाउनका कारण काममा फर्कन पाएनन्। उनले कुवेतमा पाएको अकाका कार्ड (माइग्रेन्ट कार्ड) पनि फरवरी महिना पछि रद्ध हुँदैछ । अब उनी सहजै कुवेत फर्कन सक्दैनन्। सो संगै उनले कुवेत हुँदा कमाएको करिब २ महिनाको तलव र बोनस गरि करिब ५ लाख नेपाली रुपैयाँ फिर्ता पाउन बिभिन्न पहल बढाएपनि सो पैसाहरू फिर्ता हुने सम्भावना छैन । गौर नपा–१ निवासी दिनानाथ तिवारीको कथा झनै पीडादायी छ । साउदी अरबमा उनी काम गर्ने अल्रोवा मेडिकल कम्पनी बिक्रि भएपछी उनको करिब ६ महिनाको तलब डुबेको छ । कम्पनीकै बिबादमा जेल समेत बसेका उनी नेपाली दुतावासको सहयोगमा नेपाल फर्केका हुन्। लकडाउन पुर्व सहजै पारिश्रमिक पाउँदै आएपनि उनी सो कम्पनीले तलब दिन छोडेको बताउँछन । यसरी सरकारले वैदेशिक रोजगारमा हुने ठगी रोक्न वैदेशिक रोजगार ऐन २०६४ मार्फत विभिन्न कडाइ गरेपनि नागरिक भन्ने ठगिन छाडेका छैनन्।
तपाईको प्रतिक्रिया !!