श्रीकान्त झा । जनकपुरधाम । ट्राफिक प्रहरीले नगरमा रहेका छाडा चौपायालाई रिफलेक्टिभ माला लगाउने अभियान सुरु गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले दुर्घटना न्यूनिकरण गर्न जनकपुरधामका नगरमा रहेका छाडा चौपायालाई ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं जस्ता नारा लेखिएका रिफ्लेक्टिभ माला लगाउने अभियान सुरु गरेको हो ।
नगरमा छाडा छोडिएका पुशचौपायाका कारण सडक दुर्घटना हुने भन्दै छाडा चौपायाको घाँटीमा ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं भन्ने नारा लेखिएका रिफ्लेक्टिभ पम्पलेट माला लगाउने अभियान सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका ट्राफिक प्रहरी निरिक्षक नवराज न्यौपानेले जानकारी दिए । वर्षौं देखि जनकपुरधाममा छाडा छोडिएका पशुचौपायाको आतंकले सवारी चालक देखि सडकमा यात्रा गर्ने सम्मलाई दुर्घटना हुने त्रास बढेको छ ।
सोको नियन्त्रण गर्नलाई जनकपुरधाममा कान्जी हाउस वा गौशालाको आभाव रहेका कारण नियन्त्रण गर्न कठिनाई भएको ट्राफिक प्रहरीले बताउँदै आएको छ । छाडा पशुचौपायाहरूले रातीमा दुर्घटना गराउन सक्ने भऐको हुदाँ ती पशुचौपायाको घाँटीमा रिफलेक्टिभ जनचेतना मुलक माला लगाई दिए पछि सावारी साधनकको लाईट पर्न साथ चम्किलो हुने र त्यसले दुर्घटना हुनबाट जोगाउने ट्राफिक प्रहरी निरिक्षक न्यौपानेले बताए । प्रसिद्ध धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सहर जनकपुरधाम मिथिलाको प्राचीन राजधानी तथा प्रदेश २ को अस्थायी मुकाम समेत हो । तर यहाँ सडकमा पशुचौपाया छाडा छोडिएको छ । मरेका गाइवस्तु, सुँगुर, कुकुर लगायत यहाँको फोहर समेत व्यवस्थापन नहुँदा जनकपुरधामको प्रवेशद्वारसँगै नगरको विभिन्न ठाउँ नै दुर्गन्धित भएको छ । जनकपुर नगरभित्र छाडा सुँगुर, छाडा पशुचौपाया र कुकुरको आतंक धेरै पुरानो समस्या हो ।
त्यसैले यहाँ पटक–पटक गाइवस्तु पनि सवारीको ठक्करले मर्ने गरेका छन । मरेको गाइवस्तु जनकपुर उप–महानगरपालिकाले नउठाउँदा अधिकांश ठाउँमा सर्वसाधारण आफैले कुनै सडकपेटी अथवा खुल्ला स्थानमा फाल्ने गरेको छन् । मरेको जीव जन्तुलाई जथाभावी फालेपछि सडेर दुर्गन्धको सामना नगरवासीले खेप्नु परेको जानकी चोकका स्थानीय वीरेन्द्र कर्णले बताए । जनकपुर उप–महानगरपालिका क्षेत्रमा पर्ने ढल्केबर–जनकपुर राजमार्ग, परिक्रमा सडक, एयरपोर्ट मुरलीचोक, रामचोक, जनकचोक, शिवचोक, भानुचोक, मिल्सएरिया रलवे े स्टेशन लगायत सहरको व्यस्त स्थानहरूमा समेत जताततै गाई गोरु, भैंसी, बाख्रा, खसी, घोडा लगायत घरपालुवा पशुचौपायाले सवारी आवागमनमा अवरोध हुने गरेको छ ।
तपाईको प्रतिक्रिया !!