टुडे एक्सप्रेस । जनकपुरधाम । गत सोमवार राति अज्ञात समूहको अपहरणमा परेका पिपरा गाउँपालिका ५ सहोडवाको झा दम्पतीको अवस्था अझै अज्ञात छ । जग्गा विवादको मुद्दामा अदालतमा साक्षी बसेका ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी अपहरणमा परेकी हुन् । उनीहरूको अवस्था पत्ता लगाउन प्रहरी असफल देखिएको छ । बुढाबुढी मात्रै घरमा सुतिरहेका अवस्थामा बेपत्ता पारिनु र उनीहरूको ओछ्यान र चौकसमा रगतका छिटा देखिनुले घटना रहस्यमय बनेको छ । प्रहरीले घटनाबारे जानकारी पाएलगत्तै मङ्गलवार बिहानदेखि खोजतलास गरिरहेको जनाएपनि उपलब्धी शून्य देखिएको छ ।
झा दम्पतीलाई कसले अपहरण गरेको र कहाँ राखेको छ भन्ने विषयमा केहि सुराक पत्ता लगाउन सकेका छैन । स्थानीयका अनुसार मुद्दाको पेशी मंगलवारका लागि तोकिएको थियो । घरमै पुगेर झालाई मंगलवार पेशी रहेको र अदालत जानुपर्ने कुरा रामजी भन्ने व्यक्तिले आएर जानकारी गराएका थिए । तर सोमवार राति नै उनलाई घरबाटै अपहरण गरियो। झा लोहारपट्टी नगरपालिकाको बगरा घर भएका रामजीको झण्डै ५ विघा मोहियानी जग्गा विवाद मुद्दाको साक्षी बसेका थिए । घटनामा रामजीसँग जग्गाको विवाद रहेका व्यक्तिको संलग्नता रहेको अनुमान स्थानीयको छ । तर प्रहरीले सम्बन्धित २० जनाभन्दा बढीसँग सोधपुछ गरिसकेको छ ।
तर अपराधमा संलग्न व्यक्ति प्रहरीले अझै भेट्न सकेको छैन । झा दम्पतीलाई अपहरण गरिएको स्थान र सडकमा रगतको छिटा देखिएको छ । सो आधारमा प्रहरीले अनुसन्धान गरिरहेको छ । महोत्तरीका प्रहरी प्रमुख एसपी टीकाबहादुर केसीले झा दम्पतीको अवस्था पत्ता लगाउन विभिन्न कोणबाट अनुसन्धान गरिरहेको बताए । घटनाको चारदिन वित्दा पनि झा दम्पतीको अवस्था अज्ञात रहेका कारण स्थानीयमा त्रास बढेको छ । उनको परिवारका सदस्यहरू चिन्तित छन्। घटनाबार को े ही बुझ्न आउँदा उनीहरू भक्कानो छाडेर रुन थाल्छन्। झाका जेठा छोराको एक वर्षअघि नै निधन भइसकेको छ । कान्छा छोरा भारतमा छन्।
तपाईको प्रतिक्रिया !!