सर्लाही । बजाजले बिहिवारबाट नयाँ मोडेलको तीन पाँग्रे सवारीसाधन बजारमा ल्याएको छ । सर्लाहीको लालबन्दी नगरपालिका ९ बस्तिपुरमा रहेको बजाजको आधिकारिक बिक्रेता रितिक इन्टरप्राइजेजले एक कार्यक्रमबीच नयाँ मोडेलको बजाज आरई २५० विएससिक्सएफटी अटो ल्याएर बिक्री सुरु गरेको हो ।
हंसराज हुलासचन्दले नेपाल अधिराज्यभरीका सबै डिलरहरू मार्फत नयाँ मोडेलको विएससिक्सएफटी अटो एकैसाथ बिक्री सुरु गरेकोे रितिक इन्टरप्राइजेजका शाखा प्रवन्धक समीर सापकोटाले जनाए । उनका अनुसार यसमा दस उत्कृष्ट फिचर्सहरू समावेश गरिएका छन्। यसमा उत्कृष्ट फिनिसिंगसहितको नयाँ स्टाईलको डायसबोर्ड, ठुलो ऐना, नयाँ हुडको साथ पारर्दशी झ्याल, उज्यालो प्यासेन्जर बस्ने ठाउँ, अझ धेर पावर ै र उत्कृष्ट माइलेज भएको द्दघट सि.सि को एफ.आई इन्जिन, इन्जिनको लागि पर्याप्त हावा छिर्ने नयाँ स्टाईलको इन्जिन कभर, प्यासेन्जरको सुविधाको लागि साइड ढोका, सजिलै ह्याण्ड स्टार्ट गर्न सकिने नयाँ र सुधारिएको ह्यान्ड स्टार्ट, चालकलाई राति चलाउन सजिलो हुनका लागि स्पष्ट देखिने हेड लाइट, एमपीथ्री र रेडियो सहितको म्युजिक सिस्टम तथा नयाँ डिजाइन र नयाँ बडी फिनिसिंगको रहेका छन्।
यसमा अझ धेरै पावर र अझ धेरै तानशक्ति रहेको छ । फाइनान्स र एक्सचेञ्ज सुविधा पनि रहेको यस मोडेलको बजार मूल्य छ लाख ६४ हजार ९ सय रुपैया कायम गरिएको छ । लालबन्दी नगरपालिका वडा ९ का वडाध्यक्ष गोपाल प्रसाद घिमिरेले उद्घाटन गरेको कार्यक्रममा लालबन्दी र हरिवनमा रहेका विभिन्न बैंक तथा वित्तिय संस्थाका प्रमुख तथा प्रतिनिधि, बजाजका पुर्व तथा नियमित ग्राहकहरूको साथै पत्रकारहरूको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया !!