
आशिष विश्वकर्मा । सिरहा । प्रदेश २ का प्रदेशसभा सदस्य अशोक कुमार यादवले सखुवानन्कारकट्टी भण्डा महोत्सवले बालविवाह र दहेज प्रथा न्यूनिकरणमा महत्वपूर्ण योगदान पूर्याएको बताएका छन्। सखुवानन्कारकट्टी तेस्रो भण्डा महोत्सव २०७७ तयारीका विषयमा जानकारी दिन आज आयोजना गरेको पत्रकार सम्मेलानमा प्रदेश सभा सदस्य यादवले तराइमा बाल विवाह र दहेज प्रथा जकडिएर रहेको भन्दै न्यूनिकरणमा महोत्सवको योगदान रहेको बताएका हुन्।
सखुवानन्कारकट्टी गाउँ पालीकाको आयोजनामा अघिल्लो २ पटक भएका महोत्वसवले जनचेतना मार्फत बाल विवाह न्यूनिकरण भएको प्रदेशसभा सदस्य यादवले बताए । उनले महोत्सवमा बाल विवाह, बहुविवाह, दहेजप्रथा तथा लैंङ्गिक हिंसा सम्वन्धी जनचेतना कार्यक्रमले यसभेगमा अभिभावकमा धेरै प्रभाव परेको बताए । भने, ‘अन्य विषयमा पनि प्रभाव परेको छ, तर बाल विवाह भने ह्वात्तै घटेको छ, अहिले ५ प्रतिशतभन्दा कम बालविवाह हुने गरेको छ ।’ फागुन १५ देखि २४ गते १० दिनसम्म चल्ने महोत्वको उद्घाटन नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का अध्यक्ष माधव कुमार नेपालले गर्ने सखुवानन्कारकट्टी गाउँपालीकाका अध्यक्ष केदार यादवले जानकारी दिए ।
अध्यक्ष यादवले बाल विवाह, बहुविवाह, दहेजप्रथा तथा लैंङ्गिक हिंसा सम्वन्धी जनचेतनासँगै विशेषगरी स्थानीय कृषि उत्पादन, कृषिमा आधुनिकीकरण, स्थानीय उत्पादनहरूको व्यसाय प्रवर्धन, विद्यार्थीहरूको क्षमता विकास जस्ता विषयलाई महोत्सवले विशेष जोड दिएको बताए । सोही क्रममा अध्यक्ष यादवले स्थानीय कला संस्कृति, हस्तकला, विद्यार्थीहरूको वैज्ञानिक आविस्कार, गाउँ पालिकाले गरेका विकास निर्माणको कामहरूलाई जनस्तरसम्म पुर्याउन महोत्सवलाई प्रयो गरिएको बताए । पत्रकार सम्मेलनमा अध्यक्ष यादवले महोत्सवको सम्पूर्ण तयारी पुरा भईसकेको जनाए । उनले भने, ‘मेलामा एक सय स्टलहरू रहने छ, त्यसको सम्पूर्ण तयारी पुरा भईसकेको छ ।’ महत्सवले आन्तरीक तथा वाह् या पर्यटनमा पनि टेवा पुर्याउँदै आएको छ ।
तपाईको प्रतिक्रिया !!