
जनकपुरधाम : उच्च अदालत जनकपुरले कोरोना संक्रमणका कारण गरिएको लकडाउन र कर्मचारी अभावका कारण मुद्दा फछर््यौट प्रभावित बनेको जनाएको छ । बिहीवार पत्रकार सम्मेलन गरी चालु आर्थिक वर्षको माघ मसान्तसम्मको प्रगति सार्वजनिक गरेको हो । अदालतका रजिष्ट्रार खङ्गराज अधिकारीका अनुसार ०७७ माघ मसान्तसम्म २ हजार ३४५ मुद्दा फछर््यौंट गर्ने लक्ष्य रहेको थियो ।
तर ५९८ मुद्दा मात्र फर्छ्यौंट भएको छ । ०७७ माघ मसान्तसम्मको कुल बाँकी लगत २ हजार ३६४ रहेको छ । लकडाउन र कर्मचारी अभावका कारण मुद्दा फछर््यौंट गर्न समस्या भइरहेको उनले बताए । ०७७ साउनदेखि माघ मसान्तसम्म पेशी संख्या ६ हजार ८०८ रहेको छ । जसमध्ये पक्षबाट स्थगित ६१५, कानून व्यवसायीबाट स्थगित १६८३, हेर्न नभ्याएको १ हजार २३०, हेर्न नमिल्ने ३५ र सरकारी वकिलबाट स्थगित ५०४ मुद्दा रहेको छ । ५९८ मुद्दा फैसला भएको र २ हजार १३९ आदेश जारी गरको रजिष्ट्रार अधिकारीले जानकारी दिए ।
कानून व्यवसायीहरूको लापरबाहीले पनि धेरै मुद्दा प्रभावित भएको उनको भनाई छ । ९६ कर्मचारीको दरबन्दी रहेकोमा ५६ जना मात्र हाल कार्यरत रहेको बताउँदै रजिष्ट्रार अधिकारीले भने, ‘मुद्दा अत्यधिक आउँछ । तर कर्मचारी नै हामीसँग छैन ।’ कर्मचारी आफै भर्ना गर्न खोज्दा अनुमति नै नदिएको उनको गुनासो छ । तराईका सबै अदालतमा मुद्दाको संख्या अत्यधिक रहेको तर कर्मचारी अभावका कारण मुद्दा फर्छ्यौंट गर्न समस्या भइरहेको उनले गुनासो गरे ।
तपाईको प्रतिक्रिया !!