Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

उच्च रक्तचाप, महिला र अपनाउनुपर्ने सतर्कता


उच्च रक्तचाप, महिला र अपनाउनुपर्ने सतर्कता


डा.प्रकाशराज रेग्मी । उच्च रक्तचाप अर्थात हाई ब्लडप्रेशर मुटुसंग सम्बन्धित रोग हो। यो रोगले हिजो आज धेरै चर्चा पाएको छ । ब्लड प्रेसरले हानेर यूवावस्थामै मानिसहरूको मृत्यु भएको समाचार वेलाबखत सुन्न, हेर्न र देख्न पाइन्छ । ब्लड प्रेसरले असर गरेको खण्डमा पक्षघात, अन्धोपन, हृदयघात, मिर्गौला फेल आदि हुन सक्छ । हुन त ब्लड प्रेशरको नाम नसुनेका मानिसहरू अहिले कमै होलान् । अहिले पनि संसारभर ३० वर्ष काटेका ३० % भन्दा बढी जनसंख्या ब्लडप्रेशर बढ्ने रोगबाट पीडित छन् । नेपालका गाउँघरहरूमा १८ वर्ष काटेका २० % जनता यो रोगबाट पीडित भएको बताइन्छ । शहर बजारको कुरा गर्ने हो भने १८ वर्ष काटेका २५–३० प्रतिशत जनतालाई ब्लड प्रेशर बढ्ने रोग छ । यसैबाट यो प्रमाणित हुन्छ कि यो रोग धेरै मानिसहरूमा छ र यस बारे सबैले थाहा पाउनु जरुरी छ । उच्च रक्तचाप यो युगकै ठूलो स्वास्थ्य समस्या हो । औद्योगिकीकरण, सहरीकरण र सामाजिक आर्थिक विकासको गतिका साथ यो रोग पनि बढ्दै गएको छ ।

धेरै जसो अवस्थामा यो रोग आधुनिक सभ्यताद्वारा सिर्जित मानसिक तनाव र जीवनशैलीमा आएको परिवर्तनको नतिजा हो । यस रोगले कुनै पनि लक्षण नदेखाई शरीरका प्रमुख अङ्गहरू जस्तै मुटु, मिगौला, दिमाग, आँखा आदिलाई एकै पल्ट झड्का दिएर क्षतिग्रस्त पार्दछ र बिरामीलाई मृत्युको मुखमा पु¥याउँदछ । थाहै नदिइकन, कुनै पनि लक्षण नदेखाइकन मृत्युको मुखमा पु¥याउने भएको हुनाले उच्च रक्तचापलाई सुशुप्त हत्यारा अर्थात् साइलेन्ट किलर (थाहै नदिई मार्ने रोग) को संज्ञा दिइएको हो । मुटु शरीरको एक महत्वपूर्ण अङ्ग हो । यो नियमित रुपले खुम्चिने र फुकिने गर्दछ । यस प्रक्रियालाई हामी मुटुको धड्कन भन्दछौं । शरीरमा रक्त संचारका लागि मुटुले एउटा पम्पको काम गर्दछ । मुटु खुम्चिने र फुकिने गर्दा रक्तनलीहरूमा उत्पन्न हुने चापलाई ‘रक्तचाप’ अर्थात ‘ब्लड प्रेसर’ भनिन्छ । स्वस्थ मानिसमा रक्तचाप १२०÷८० मि.मि. वा सो भन्दा कम हुनु पर्दछ । रक्तचाप बढी भएमा रक्तनलीहरू बढी तन्किन गई फुट्न सक्छन्।

दिमाग भित्रको रक्तनली फुटे पक्षघात हुन्छ, मुटुको रक्तनली फुटे हृदयघात हुन्छ, आँखाको फुटे अन्धोपन र मिर्गौलको फुटे मिर्गौला फेल हुन्छ । उच्च रक्तचाप रोग भएकाहरूले कुनै पनि समयमा, विशेष गरी मानसिक तनाव भएको वेला, धेरै खुशी वा दुःखी भएको वेला, धेरै शारिरीक श्रम गरेको वेला, धेरै रक्सी वा चुरोट पिएको वेला, धेरै चिसो हावामा हिंडेको वेला एकाएक रक्तचाप धेरै बढ्न गई माथि उल्लेख गरिएका खतरनाक अवस्थाहरू उत्पन्न हुन सक्छन् जसबाट मानिसको मृत्यु समेत हुन सक्छ । ब्लड प्रेशरले महिला र पुरुष भनेर भेदभाव गर्दैन । दुबैलाई यसले आफ्नो प्रभावमा पार्छ तर महिलाहरूमा हुने उच्च रक्तचाप तथा मुटुका रोगहरू पुरुषहरूमा भन्दा केही भिन्न भएको कुरा विशेषज्ञहरू बताउँछन् । यसबारे सबैले, अझ विशेष गरी महिलाहरूले थाहा पाउनु जरुरी छ । नेपाली महिलाहरू अहिलेपनि धेरैजसो स्तन र पाठेघरको क्यान्सरबाट तर्सिने र यसबारे बढी सचेत हुने गरेको पाइन्छ । तर मुटुरोग बारे त्यति सचेत देखिदैनन् । वास्तवमा भन्ने हो भने महिलाहरूमा क्यान्सर भन्दा मुटु रोगको समस्या बढी छ । जति संख्यामा महिलाहरूको मुत्यु स्तन र पाठेघरको क्यान्सरबाट हुन्छ यो भन्दा १० गुना बढी संख्यामा महिलाहरूको मृत्यु मुटु रोगबाट हुने गरेको पाइन्छ ।

महिनावारी (मासिक रक्तश्राव) नरोकिंदासम्म अर्थात् करिव ५०–५५ वर्षको उमेरसम्म महिलाहरूको शरीरमा इस्ट्रोजेन नामक रसायन तत्व (हर्मोन) को मात्रा धेरै हुन्छ । यस रसायन तत्वले जवान महिलाहरूलाई हृदयघात हुनबाट बचाउँछ । महिनावारी रोकिए पछि महिलाहरूको शरीरमा इस्ट्रोजेन हर्मोनको मात्रा धेरै नै घट्दछ । जसका कारण यस्ता महिलाहरूलाई हृदयघात हुने संभावना बढी हुन जान्छ । महिनावारी रोकिएपछि महिलाहरूमा मुटुसंग सम्बन्धित थुप्रै स्वास्थ्य समस्याहरू देखिन थाल्छन् । जस्तै उच्च रक्तचाप, हृदयघात, मधुमेह, उच्चरक्त कोलेस्टेरोल, मोटोपन आदि । ५५ वर्ष उमेरभन्दा माथिका धेरै महिलाहरूलाई उच्च रक्तचाप भएको देखिन्छ । यो उमेरका महिलाहरूको शरीरको तौल बढी छ, धुम्रपान गर्ने बानी छ, शारीरिक निष्कृयता छ भने उच्चरक्तचाप हुने र यसका खतरानाक नतीजाहरू देखिने संभावना अत्यधिक रहन्छ । अध्ययन अनुसन्धानबाट यो प्रमाणित भैसकेको छ कि पुरुषहरूमाभन्दा महिलाहरूमा मुटु रोगको आक्रमण कडा हुन्छ र यसबाट मृत्यु हुने संभावना पनि पुरुषमा भन्दा महिलामा बढी रहन्छ । महिला गर्भवती भएको अवस्थामा मुटु र रक्तसञ्चालनमा विभिन्न परिवर्तनहरू देखा पर्दछन्। यी परिवर्तनहरू गर्भधारण गरेको ५ देखि ८ हप्तामा शुरु हुन्छ, २४ हप्तासम्ममा यी परिवर्तनहरूको असर अत्यधिक रहन्छ र बच्चा जन्मिए पछिको १ महिनासम्म कायमै रहन्छ । गर्भवती महिलाहरूमा रक्तसञ्चालनको गति बढ्छ, मुटुको धडकनको गति बढ्छ, रगतको मात्रा बढ्छ तर रक्तकणहरूको मात्रा भने घट्छ । पहिलो ३ महिनामा रक्तचाप घट्न थाल्छ, ४–५ महिना सम्ममा न्यून रहन्छ त्यसपछि रक्तचाप फेरि बढ्दै गएर ९ महिनासम्ममा पुरानै स्थितिमा फर्किन्छ । गर्भवती महिलाको रक्तचाप आवश्यक भन्दा बढी देखियो भने यसलाई असामान्य मानिन्छ । कतिपय स्वस्थ महिलाहरूमा गर्भधारणकै कारण रक्तचाप बढ्ने समस्या देखिन्छ । यस्ता महिलाहरूमा गर्भधारणा गरेपछि, गर्भवती अवस्था भरि, बच्चा जन्माउने बेलामा र बच्चा जन्माएको केही दिनसम्म रक्तचाप बढ्छ तर पिसावमा प्रोटिन देखिंदैन र जीउमा सूजन पनि हुंदैन ।

यस्तो उच्चरक्तचाप बच्चा जन्माएको १०–१५ दिन भित्र ठीक भएर जान्छ । उच्च रक्तचाप रोगद्वारा पीडित महिलाहरूले गर्भधारण गरेमा धेरै होस पु¥याउनु पर्ने हुन्छ किनकी गर्भवती अवस्थामा रक्तचाप धेरै बढ्यो, पिसावमा प्रोटिन देखा प¥यो र शरीर सुन्नियो भने यस्तो अवस्था बढ्दै गई छारे रोगमा जस्तै महिलाको सम्पूर्ण जीउ बटारिने र बेहोस् हुने स्थिति आउँछ । यस्तो अवस्थामा गर्भवती महिला वा पेट भित्रको वच्चा वा दुबैको मृत्यु हुन सक्छ । यो अत्यन्तै खतरनाक अवस्था हो। यसकारण उच्च रक्तचापद्वारा पीडित महिलाहरूले गर्भधारण अगाडि र पछाडि निम्न लिखित कुराहरूमा ध्यान पु¥याउनु आवश्यक हुन्छ ।

१) उच्च रक्तचाप र गर्भधारण दुबैले मुटु र मिर्गौलालाई असर पार्ने भएको हुनाले उच्च रक्तचापद्वारा पीडित महिलाहरूले गर्भधारण अगाडि मुटु र मिर्गौलाको स्थिति कस्तो छ जँचाएर यदि ठीक छ भने मात्र गर्भधारण गर्नु उचित हुन्छ । यदि ठीक छैन भने ती अङ्गहरूको उपचार गराई गर्भधारणका लागि सुरक्षित अवस्थामा आएपछि मात्र गर्भधारण गर्नु पर्छ । यदि उपचार पछि पनि मुटु र मिर्गौलाको अवस्थामा सुधार आएन भने गर्भधारणा गर्नु हुँदैन ।

२) उच्च रक्तचाप नियन्त्रण गर्ने औषधि सेवन गरिरहेका महिलाहरूले गर्भधारण गर्ने बित्तिकै आपूmले खाई राखेको औषधी गर्भका लागि सुरक्षित छ कि छैन चिकित्सकसँग बुझ्नु पर्ने हुन्छ । गर्भको पहिलो ३ महिनाभरि कुनै पनि औषधीको सेवन नगर्नु उचित हुन्छ किनकी औषधीले भू्रणको अंग निर्माणमा नकारात्मक असर पारी जन्मजात विकृति सहितको बच्चा जन्मिन सक्छ । यस अवधिमा औषधी नखाई रक्तचाप घटाउने उपाएहरू जस्तैः नून कम खाने, साग सब्जी, फलपूmल बढी खाने, हलुका व्यायाम गर्ने आदि विधी अपनाउनु उचित हुन्छ । यदि यसो गर्दा पनि रक्तचाप धेर बढ्न गयो ै भने चिकित्सकको सिफारिसमा औषधीको सेवन गर्नु पर्दछ ।

३) गर्भावस्थामा उच्च रक्तचाप नियन्त्रण गर्ने औषधीहरू प्रयोग गर्दा ती औषधीहरू गर्भका लागि सुरक्षित छन् कि छैनन् बुझेर मात्र प्रयोग गर्नु पर्दछ ।

४) उच्च रक्तचापद्वारा पीडित महिलाले गर्भवती भएपछि कम्तिमा महिनामा १ पल्ट रक्तचाप जचाउनु पर्दछ ।

५) उच्च रक्तचापद्वारा पीडित गर्भवती महिलाको जीउ सुनिएर आयो, पिसाव कम भयो, आँखाले धमिलो देखियो भने तुरुन्त जचाउनु पर्दछ । यो अत्यन्त खतरनाक अवस्था हो। उच्च रक्तचाप भयो भन्दैमा कोही पनि आत्तिनु पर्दैन । यो सजिलै नियन्त्रण गर्न सकिने समस्या हो। यसको उपचार ठीक तरिकाले ग¥यो भने कुनै खतरा छैन । कतिपय उच्चरक्तचाप भएका रोगीहरू बानी पर्छ, साइड इफेक्ट हुन्छ, मिर्गौला बिग्रिन्छ भनी औषधीको सेवन गर्न मान्दैनन्। उनीहरू हाम्रो समाजमा आजकाल कसैले फैलाएको गलत सूचनाबाट प्रभावित छन्। कतिपयले औषधी सेवन गरी हाले भने पनि रक्तचाप नियन्त्रणमा आए पछि औषधी सेवन बन्द गर्छन्। यसैको फलस्वरुप कसैलाई हृदयघात हुन्छ त कसैलाई पक्षघात, कसैलाई किड्नीफेल त कसैलाई अन्धोपन । यो सब लापर्वाहीका नतीजाहरू हुन्। नून कम खाएर, व्यायाम गररे, लौकाको रस, घ्यूकुमारीको रस पिएर, योग–प्राणयाम गरेर मात्र उच्च रक्तचाप नियन्त्रणमा नआउन सक्छ । यस्तो अवस्थामा औषधीको सेवन जरुरी हुन्छ । उपचारबाट उच्च रक्तचाप नियन्त्रणमा आउँछ तर निर्मूल भने हुँदैन । यसकारण यसको उपचार जिन्दगीभर गर्नु पर्दछ । नियमित औषधीको सेवन र स्वस्थ जीवनशैलीको अवलम्वन उच्च रक्तचापका कारण हुन सक्ने संभावित मुत्युबाट बच्नका लागि हो र सुखी जीवनयापनका लागि हो भन्ने तथ्य सबैले बुझ्नु जरुरी छ ।

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’
Banner News

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

जेष्ठ ८, २०८०, ८:४६ AM
विपन्न,असहाय, बेवारिसे बिरामीकाे निशुल्क उपचार नगर्ने निजी अस्पताललाई कारबाही गर्ने : बालेन
Banner News

विपन्न,असहाय, बेवारिसे बिरामीकाे निशुल्क उपचार नगर्ने निजी अस्पताललाई कारबाही गर्ने : बालेन

जेष्ठ ७, २०८०, ११:५६ AM
रंगले छालालै असर पार्छ छाला जोगाएर खेलौं रंग जोगाएर खेलौं रंग
Banner News

रंगले छालालै असर पार्छ छाला जोगाएर खेलौं रंग जोगाएर खेलौं रंग

फाल्गुन २१, २०७९, ७:४५ PM
मेयर र इन्जिनियर दुवै निलम्बनमा
आर्थिक

मेयर र इन्जिनियर दुवै निलम्बनमा

फाल्गुन १८, २०७९, १०:५२ AM
१५ दिने परिक्रमा आज मटिहानी बाट जलेश्वरको लागि प्रस्थान
Banner News

१५ दिने परिक्रमा आज मटिहानी बाट जलेश्वरको लागि प्रस्थान

फाल्गुन १२, २०७९, ७:२९ AM
अनौठो बच्चामोरङ जिल्लामा जन्मियो, दर्शन गर्न आउनेको भिँड (
Banner News

अनौठो बच्चामोरङ जिल्लामा जन्मियो, दर्शन गर्न आउनेको भिँड (

माघ २०, २०७९, ७:१५ AM
आजको मौसम स् पश्चिम नेपालमा पानी पर्ने
Banner News

आजको मौसम स् पश्चिम नेपालमा पानी पर्ने

माघ १५, २०७९, ६:२४ AM
रामेश्वर श्रेष्ठ मेयर दोहोरिन चाहन्थे, बने स्वास्थ्य मन्त्री
Banner News

रामेश्वर श्रेष्ठ मेयर दोहोरिन चाहन्थे, बने स्वास्थ्य मन्त्री

माघ १४, २०७९, ११:०७ AM
त्रिविमा खस्कँदो शिक्षा, विदेशिँदै विद्यार्थी
Banner News

त्रिविमा खस्कँदो शिक्षा, विदेशिँदै विद्यार्थी

माघ १४, २०७९, ८:४५ AM
अराजक ठेकेदार, मूकदर्शक सरकार
Banner News

अराजक ठेकेदार, मूकदर्शक सरकार

माघ १३, २०७९, ९:२१ AM

ताजा समाचार

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

3 weeks ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

3 weeks ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

3 weeks ago
आज जैविक विविधता दिवस मनाइँदै

आज जैविक विविधता दिवस मनाइँदै

3 weeks ago
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

3 weeks ago
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

3 weeks ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर