
महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकाका नगर प्रमुख शिवनाथ महतोले एकैदिन ८ वटा योजनाको शिलान्यास गरेका छन् । उनले बुधवार आधारभूत स्वास्थ्य केन्द्र, एउटा सामुदायिक भवन, एउटा विद्यालयको भवन र एक सडक सहित ५ ओटा योजनाको शिलान्यास गरेका हुन् । नगरप्रमुख महतोले वडा नम्वर ३, ५, ७, ९ र १० मा निर्माण हुन लागेको आधारभुत स्वास्थ्य चौकी भवनको शिलान्यास एकैदिन गरे। त्यस्तै उनले वडा नम्वर १० मा ७ लाखको लागतमा वडास्तरीय योजनामार्फत निर्माण हुने सामुदायिक भवन, राष्ट्रिय आधारभुत विद्यालयको २ तल्ले भवन र ५५ लाखको लागतमा निर्माण हुने पिसिसी सडकको समेत शिलान्यास गरेका छन् ।
शिलान्यास गरिएको आधारभुत स्वास्थ्य चौकी भवनमध्ये वडा ३ मा २१ लाख ५५ हजार, वडा ५ मा १९ लाख ६६ हजार, वडा ७ मा २१ लाख ३ हजार, वडा ९ मा ३८ लाख ६० हजार, वडा १० मा ३८ लाख ६० हजारको लागतमा निर्माण हुने नगर प्रमुख महतोले जानकारी दिए । उनका अनुसार स्वास्थ्य चौकी भवनको निर्माण कार्य अगामी असार मसान्तसम्ममा सम्पन्न हुने छ । वडा ७ का वडाअध्यक्ष किशुनदेव कुमरले स्वास्थ्य चौकी भवन निर्माणका लागि जग्गादान गरेका छन् । वडा ७ को जयपुर, जमुनिया र मनहर्वा टोललाई पायक पर्ने स्थानमा अडाई कट्ठा जग्गादान गरेको वडाअध्यक्ष कुमरले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !!